चीन र अमेरिकाबीच चलिरहेको ‘व्यापार युद्ध’ समाधान गर्न भयो यस्तो सहमति

काठमाडाैं । अमेरिका र चीनबिच एकअर्कामाथि नयाँ व्यापारिक कर नलगाउने विषयमा सहमति बनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ्गबिच अर्जेन्टिनाको राजधानीमा भएको साढे दुई घण्टा लामो भेटवार्तामा अब उपरान्त दुवै देशले एकअर्कामाथि नयाँ व्यापारिक कर नलागने सहमति बनेको चीनको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

आउँदो जनवरी १ देखि नयाँ थप नगर्ने सहमति बनेको हो । दुई देशबिचको वार्ता अब जारी रहने पनि उल्लेख गरिएको छ । भेटवार्ताको क्रममा दुवै देशका नेता सहकार्य गरेर अघि बढ्ने विषयमा एकमत भएको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

‘व्यापार युद्ध’ को अवस्थामा रहेका अमेरिका र चीनका नेताबिच भएको भेटवार्ताले महत्वपूर्ण सहमति बनाएको हो । यो वर्ष लागेसँगै सुरु भएको अमेरिका–चीनको ‘व्यापार युद्ध’ पछिको यो पहिलो भेट हो, ट्रम्प र सी बिच भएको ।

यसअघि अर्जेन्टिनाको राजधानीमा डिनरपछि भएको भेट निकै राम्रो रहेको ट्रम्पका सल्लाहकार ल्यारी कुड्लोले बताएका थिए । अमेरिकाले चिनियाँ सामानमा कर बढाएपछि त्यसको जवाफमा चीनले पनि अमेरिकी सामानमा कर बढाउँदै आएको छ ।

दुई देशबिचको व्यापारिक टकरावका कारण विश्वव्यापी आर्थिक गतिविधिमा नै असर परिरहेका बेला दुई नेताको भेट र सहमितले नयाँ सम्भावनाको ढोका खोलेको विज्ञले बताएका छन् ।

Loading...