चीनले ल्यायो मानिस र रोबोटमा फरक छुट्याउनै नसकिने रोबोट पत्रकार

रोबोट पत्रकारले यसरी २४ सै घण्टा समाचार पढ्न सक्छ (भिडियो सहित)

काठमाडाैं । प्रविधिको विकास यहाँसम्म भयो कि अब समाचार वाचन गर्ने रोबोट आउने भएको छ । चीनले प्राविधिक विकासको नयाँ नमुना प्रस्तुत गर्दै समाचार वाचन गर्ने रोबोट सार्वजनिक गरेको हो ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले दिनको चौबिसैघण्टा समाचार सम्प्रेशण गर्न सक्ने रोबटलाई डेब्यु गराएको हो । बुधबार पूर्वी राज्य वुजेनमा भएको इन्टरनेट कनफ्रेन्स मार्फत सिन्ह्वाले आर्टिफिसियल इन्टिलिजेन्ससहितको समाचार वाचक सार्वजनिक गरेको हो ।

अंग्रेजी भाषाको समाचार बुलेटिनको सुरुवात गर्दै रोबोटिक आवाजमा कम्प्युटर जेनेरेटेड होस्टले भने, ‘हेल्लो, तपाईँहरु हेर्दै हुनुहुन्छ अंग्रेजी समाचारमुलक कार्यक्रम । बेइजिङ्गबाट म हुँ समाचार वाचक एआई ।’

सिन्ह्वा र चिनियाँ सर्च इन्जिन कम्पनी सोगोयुले बनाएको समाचार वाचकले मानिसको आवाज, अनुहारको हावभाव र शारीरिक भाव प्रस्तुत गर्न सक्छ । समाचार वाचक एआईले व्यवसायिक समाचार वाचकले जस्तै भिडियो ब्रोडकास्ट गर्न तथा समाचार पढ्न जान्ने समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

समाचार उत्पादनमा लाग्ने खर्च कम गर्न तथा दक्षता बढाउनका लागि रोबोट समाचार वाचकलाई आफ्नो वेब साइट र सामाजिक सञ्जालमा प्रयोग गरिने सिन्ह्वाले उल्लेख गरेको छ ।

अंग्रेजी बोल्ने समाचार वाचकले सुट र टाइ लगाएको छ र उ सिन्ह्वाका समाचार वाचक हाङ्ग योएजस्तै देखिन्छ । यस्तै चिनियाँ भाषाको समाचार वाचक पनि सार्वजनिक गरिएको छ ।

हेर्नुहाेस् भिडियाे

 

Loading...