१९५० को मैत्री सन्धि पुनरावलोकनमा विज्ञहरुको सुझाव

नेपाल-भारतबीच भएको १९५० को मैत्री सन्धिका बिबादित बुदाहरुमा पुनरावलोकन गर्दै दुई देश बिचको सम्बन्धलाई अझ उचाइमा पुर्याउन सकिने एक कार्यक्रमका विज्ञहरुले सुझाव दिएका छन् ।

आइतबार टोकियोको इचिगायास्थित जाइकाको सेमिनार हलमा चुकुबा बिश्वबिधालयले आयोजना गरेको ‘१९५० को मैत्री सन्धिको सान्दर्भिकता र नेपाल-भारत सम्बन्ध’ बिषयक कार्यक्रममा पुनरावलोकनका बुदाहरुमा अध्ययन र अनुसन्धान गरिनुपर्नेमा पनि विज्ञहरुले जोडदिए ।

कार्यक्रममा जवाहरलालनेहरु विश्वबिधालय दिल्लीका प्राध्यापक तथा नेपाल-भारत सम्बन्ध पुनरावलोकन सम्बन्धि गठित प्रबुद्ध समुहमा भारतीय पक्षका सदस्य डा:महेन्द्र पी लामाले भारत र चिनका बीच नेपालको महत्वपूर्ण भूमिका रहेको बताउदै नेपालले आफ्नो शक्ति चिन्न नसकेको बताए ।

१९५० को सन्धिमा नेपाललाई मन नपरेका बुदाहरु नेपाल सरकारले लिखित रुपमा भारत सरकार समक्ष राख्न नसकेको उल्लेखगर्दै लिखित रुपमा स्पष्ट धाराणाहरु राख्न सुझाव दिए ।

‘भारत नेपाल संगको आफ्नो सम्बन्ध नबिग्रोस भन्ने चाहन्छ भारतले नेपालको शक्ति बुझेको छ तर नेपालले आफ्नो शक्ति बुझ्नुपर्छ ।’ लामाले भन्नुभयो – ‘नेपाल चिन-भारत बिचको ‘स्यान्डविच’ हो स्यान्डविचको दुइ रोटी बिचको बटर हो नेपाल, बटर बिना स्यान्डविच मिठो हुदैन ।’

नेपालले आफ्नो सोचाइमा फराकिलो ल्याउनुपर्छ र भारत र चिन बीच आफ्नो भूमिका देखाउनुपर्छ,लामाले बताए ।१९५० को सन्धिको दुइ देशलाई फाइदा भईरहेका पक्षहरुमा पनि ध्यानाकर्षण गराउदै विमतिका बुदाहरुमा अध्ययन गर्नुपर्ने सुझाव पनि दिए ।

चुकुवा विश्वविधालयका सह-प्राध्यापक डा: कमल लामिछानेले १९५० को मैत्री सन्धिका केहि बुदाहरु राणाशासन टिकाउका लागि गरिएको टिप्पणी गर्दै सन्धि पुनरावलोकन गर्दै दुई देश बिचको सम्बन्ध सुधारमा जोडदिए ।

नेपालका राजनेताहरुको अभिव्यक्ति र कार्यशैली फरक भएको आरोप लगाउदै राजनीतिक दलले भारत खुशी बनाउन मात्र काम नगरी राष्ट्र बनाउन काम गर्नुपर्ने धारणा राखे ।

नेपाल-भारत सम्बन्ध बिग्रे दुवैलाइ फाइदा नहुने बताउदै भारत संग बलियो सम्बन्धका लागि नेपालको डिप्लोम्याटिक च्यानेल बलियो हुनुपर्ने लामिछानेले बताए ।

‘नेपाल आत्मनिर्भर हुनुपर्छ भारत संग माग्ने काम बन्द गर्नुपर्छ ,चिन र भारत संगको सम्बन्धमा सन्तुलन ल्याउनुपर्छ’,उनले भने ।

कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधि लगायतले १९५० को मैत्री सन्धिका नाममा भारतले नेपाल माथि हस्तक्षेप गरिरहेको गुनासो ब्यक्त गरेका थिए ।

वैदेशिक लगानी समन्वय परिषदका सदस्य ,समृद्ध नेपाल निर्माण अभियान कार्यक्रमका संयोजक महेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुदुरपश्चिमेली समाजका अध्यक्ष पूर्ण चलाउनेले स्वागत मन्तब्य राखे भने कार्यक्रममा विषयवस्तु प्रवेशआइएनएफएसडी का संयोजक दुर्गा बहादुर खत्रीले गर्नुभयो ।

पहिलो चरणको कार्यक्रम संचालन रिपोर्टर्स क्लव नेपाल जापानका अध्यक्ष सन्तोष चोखालले गरे भने अन्तर्किर्या कार्यक्रमको सहकर्ता
डा.विजय ज्ञवालीले गर्नुभयो । कार्यक्रममा एनआरएनए जापान , आइसीसी , सामाजिक संघ संस्था , बिधार्थी ,ब्यापारी बुद्धिजीवी लगायत झन्डै १ सय जनाको सहभागिता रहेको थियो ।

 

 

 

Loading...