सदावहार झगडिया पार्टी बनेको राप्रपा फेरि फुट्दै

काठमाडौं, ९ साउन । पूर्व पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा विवाद र विग्रह हुनु कुनै नयाँ घट्ना होइन । बरु अनौठो त त्यतिबेला मान्नुपर्छ, जतिबेला राप्रपामा कुनै कचिंगल र विवाद हुँदैन । अब फेरि राप्रपा विभाजनकाे संघारमा पुगेकाे छ । केही समय अगाडि मात्रै एक ठाउँमा अाएका राप्रपाका नेताहरु फेरि फुटेर अाअाफ्ना गुटका अाअाफ्नै पार्टी खाेल्न लागेका हुन् ।

सदाबहार झगडिया पार्टीको छवि बनाएका यही राप्रपाभित्र केही समयदेखि भुसको आगो झै सल्किएको विवादले अब भने अलि भिन्न मोड लिने संकेतहरु देखापर्न थालेका छन् ।

पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय सदस्य मनोनयमा एकलौटी गरेको भन्दै पशुपति शमशेर राणाले बैठकबहिष्कार गरिरहेका बेला एउटा समुह कमल थापासंग बस्नै नसक्ने निष्कर्षमा पुगेको छ ।

Loading...