हङकङ-चीन बुलेट ट्रेन सुरु

हङकङ । हङकङलाई चीनको मूख्य भूमिसँग जोड्ने बुलेट ट्रेन सुरु भएको छ ।

स्वतन्त्र हङकङ पक्षधर र केही अधिकारवादीको विरोधका बीच यो रेल सेवा सुरु भएको हो । यो एक्सप्रेस बुलेट रेलले हङकङलाई चीनको दक्षिणी शहर ग्वान्जाउसँग जोडेको छ ।

यो रेलमार्फत हङकङबाट ग्वान्जाउ पुग्न ४० मिनेटमात्रै लाग्छ । तर विवादास्पद कुरा के छ भने यो रेलको स्टेशन र रेलभित्र पनि चिनियाँ अध्यागमन अधिकारी र सुरक्षाकर्मीहरुले जाँच गर्न सक्छन् ।

यसले चिनियाँ फौजदारी कानुनलाई पहिलो पटक विशेष प्रशासित क्षेत्र हङकङमा प्रवेश गराएको छ । यसले हङकङको स्वतन्त्रता र मिनी संविधान उल्लंघन गरेको आलोचकहरुले बताएका छन् ।

तर, सरकारले भने यो रेलसेवाले चीन र हङकङको व्यापार वाणिज्यलाई नयाँ उचाईमा पु¥याउने तर्क गर्दै आएका छन् ।

२०७५ असोज ७ मा प्रकाशित ।

Loading...