भुकम्पमा परेर मृत्यु भएको भनि काजकिरिया समेत गरिसकेका व्यक्ति पोखरामा जिवितै भेटिए

पाेखरा, ५ असाेज । २०७२ सालकाे महाभूकम्पमा परेर मृत्यु भएकाे खबरपछि काजकिरिया समेत गरिसकेका व्यक्ति जीवीतै फेला परेका छन् । सुन्दा पनि अनाैठाे लाग्ने याे खबर अछामकाे हाे । अछामका जीवन बुढा २०७२ सालमा भुकम्प गएका बेला काठमाडाैंमा थिए र उनी काठमाडाैंमै भुकम्पमा परेर मृत्यु भएकाे खबर अछाम पुगेकाे थियाे । उनका अाफन्तले त्याे खबरपछि उनकाे विधिवत काजकिरिया समेत गरेका थिए ।

तर उनी तीन वर्षपछि पाेखरामा भेटिएका छन । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षका भएका छन । विसं २०७२ वैशाख १२ गते काठमाडौँको कपनमा जीवन र उनका आफन्तसहित पाँच जना एउटा कोठामा बसेर पढिरहेको समयमा भूकम्प आएपछि उनी सम्पर्कविहीन भएका थिए। भूकम्पछि अन्य चार जना सम्पर्कमा आए पनि उनी लामो समयसम्म सम्पर्कमा नआएपछि मृत्यु भएको हुनसक्ने ठानेर घरमा काजकिरिया गरिएको उनका अाफन्तले बताएका छन् ।

पोखरामा यातायात मजदूरका रुपमा काम गरिरहेको खबर पाएर खोज्न आएका उनका ठूलोबुबा हरी बुढाले भने, ‘पोखरा नयाँबजारस्थित पृथ्वी माइक्रो बस काउन्टरमा देखेँ तर मलाई देख्नासाथ उनी भागे।’ जीवन पोखरामा छ भन्ने थाहा पाएसँगै हाल नेपालगञ्जमा बस्दै आएकी जीवनकी आमा जानकीले छोरा खोजेर ल्याउन बारम्बार आग्रह गरेपछि काठमाडौँको जोरपाटीमा खाद्यान्नको थोक बिक्रीको कारोबार बन्द गरेर ठूलाे बुवा हरी पोखरा पुगेका थिए ।

उनका अनुसार छोरो हराएपछिको पीरले ४० वर्षीय आमा जानकीको रक्तचाप बढेको छ भने निन्द्रा लाग्नका लागि नियमित औषधि सेवन गर्नु परेको छ। जीवनका बुबा किसन बूढा रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका छन्। उमेर सानो भएका कारण व्रतबन्ध नभएको र साना बालबच्चाको किरिया गर्ने विधिअनुसार जेठोछोरा जीवनको काजकिरिया गरिएको उनले बताए।

फुपाजु नेत्र धामीले जीवन भागे पनि उसलाई खोजेर घर लैजाने बताए। पोखरा माइक्रोबसमा सिटी भाइका उपनामबाट परिचित पोखरा १४ चाउथे बस्दै आएका जीवनलाई सबैको सहयोगमा लिएर आमा जानकीसँग पु¥याउने धामीको धोको छ।

नेपालगञ्जमा आमासँगै बस्दै आएका भाइ र बहिनी पनि दाजु जीवन आउने प्रतीक्षारत छन्। जीवनलाई भेटेर लिएर मात्र जाने अठोटका साथ उनका ठूलोबुबा हरि बूढा यतिबेला पोखरामा भतिजाको खोजीमा भौँतारिरहनु भएको छ।

Loading...