यी हुन् दोहोरो शतक हान्ने पाकिस्तानी ब्याट्सम्यान, रचे इतिहास

काठमाडौं ।

पाकिस्तानका ओपनिङ ब्याट्सम्यान फखर जमानले जिम्बाब्वेविरुद्धको खेलमा दोहोरो शतक हानेका छन् ।

जमानले पाँच खेलको एकदिवसीय श्रृङ्खलामा नटआउट २१० हान्दै इतिहास रचेका हुन् । यससँगै उनले अनवरको २१ वर्ष पुरानो रेकर्ड तोडिदिएका छन् । अनवरले सन् १९९७ मा भारतविरुद्धको खेलमा १९४ रन बनाएका थिए ।

पाकिस्तानले जमानको २१० रन र इमाम उल हकको ११३ रनको सहायताले ३९९ रन बनाएको थियो । ४ सय रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको जिम्बाब्वे ४२ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १५५ रनमा समेटियो ।

२०७५ साउन ५ मा प्रकाशित ।

Loading...