इंग्ल्याण्डका ह्यारी केनले पाए गाेल्डेन बुट

काठमाडाैं । इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । रुसमा सम्पन्न विश्वकप फुटबलमा ६ गोल गर्दै केनले गोल्डेन बुट जितेका हुन् । उनको प्रतिस्पर्धामा रहेका पाँच खेलाडीले चार गोल मात्रै गर्न सके ।

बेल्जियमका लुकाकु, फ्रान्सका एम्बापे र ग्रिजम्यान, रुसको डेनिस चेरिसेभ र पोर्चुगलका क्रिस्टियानो रोनोल्डोले समान चार गोल गरे । ह्यारी केनको टिम भने यो विश्वकपमा चौथो भएको छ ।

सेमिफाइनलमा क्रोयसियासँग पराजित भएको इंग्ल्याण्ड तेश्रो स्थानको लागि भएको खेलमा पनि बेल्जियमसँग २–० ले पराजित भयो ।

Loading...