एप्पलले यसरी जित्यो रसिया विश्वकप

काठमाडाैं । कम्पनीहरूले विश्वकप प्रायोजन गर्नका लागि ठूलो रकम भुक्तानी गर्छन् । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपको तुलनामा धेरै हेरिने संसारमा अर्को कुनै खेल छैन । फिफाका अनुसार २०१४ मा ३ अर्बभन्दा बढी मानिसले विश्वकप हेरेका थिए । विश्वकपको यो संस्करणबाट फिफाले मार्केटिङबाट १.६ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अपेक्षा गरेको छ ।

तर, विश्वचर्चित कम्पनी एप्पलले भने विश्वकपमा फरक शैलीमा उपस्थिती जनाएको छ । विश्वभरका खेलाडीले एप्पलका एयर पोड्स, वायरलेस एयरबड र बिट्स हेड प्रयोग गरेको देखिन्छ । खेलाडीले विश्वकपपछि घर फर्कँदा समेत तीनै सामाग्री प्रयोग गरेको देखिन्छ ।

हरेक ब्रान्डले विश्वकपमा आफ्ना उत्पादन लगाउन प्रोत्साहित गर्दछन् र प्रयोग गरेबापत पैसा दिन्छन् । भलै ती कम्पनी विश्वकपका आधिकारिक प्रायोजक नहुन् । तर एप्पलले भने त्यसो गरिरहेको छैन । खेलाडीले लगाएको हेडफोनमा एप्पलको लोगो भने देखिँदैनन् किनकि लोगोलाई छोपिएको छ । तर, एप्पलले मार्केटिङ गरेका ती उत्पादन लोगो नदेखिए पनि मानिसहरूले सहजै चिन्दछन् ।

यसप्रकारको एम्बुस मार्केटिङलाई फिफाले बन्देज लगाएपनि एप्पललाई फाइदा भने हुने पनि अनुमान गरिएको छ । यस्तो मार्केटिङ फिफाले पहिलो पटक गरेको भने होइन, २०१४ को विश्वकपमा पनि उसले यस्तै नीति अपनाएको थियो । एप्पलका यस्ता हेडफोनको मात्र १६० अमेरिकन डलर पर्छ ।

एप्पलले बजारीकरणको यो नीति अपनाउन खेलाडीलाई पैसा तिरेको वा नतिरेको भन्ने बारे टिप्पणी गरेको छैन । यो हेडफोनको बजारीकरण गर्न यसअघि पनि एप्पपले खेलाडीसँग मिलेरका काम गरेको थियो । विश्वकप चलिरहेका बेला एप्पलले ‘हाउ टु सुट फुटबल अन आइफोन एक्स,’ नामको एड्भरटाइजिङ क्याम्पेन चलाइरहेको छ ।

Loading...