साइपालका कार्यकारी अधिकृतमाथि नेकपाले यसकारण गर्‍यो जन कारवाही

बझाङ । 

नेपाल कम्युनिस्ट पार्टीले जिल्लामा एक अधिकृतलाई कालोमोसो दलेको छ । बझाङको साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीले भ्रष्टाचार गरेको र सहुलियतमा आएको चामल यार्सा गुम्बा टिप्नेलाई बेचेकोले नेकपाले कालोमोसो दलेको हो ।

जोशीले सोही गाउँपालिकाको लागि आएको २ हजार कुइन्ट चामलमध्ये १५ सय कुइन्टल चामल लेकमा यार्सागुम्बा टिप्न गएकाहरुलाई राईढुङगी वनमा लगेर बेचेको र उक्त चामलबाट अाएको रुपैयाँ हिसाब नदेखाएको छ । त्यसैगरी कार्यालय व्यवस्थापनको नाममा जोशीले बिल मिलाएर लाखौं भ्रष्टाचार गरेको नेकपाले दाबी गरेको छ ।

नेकपाले गठन गरेको जनपरिषद् बझाङका प्रमुख संग्राम सिंहले जोशीलाई पटकपटक सुझाव दिँदापनि नसुर्धेकोले चेतावनी स्वरुप कालोमोसो दलेको बताए ।

२०७५ असार १३ मा प्रकाशित ।

Loading...