रामपुरमा ट्याक्टर र जिप ठोक्किए, १५ जनाको मृत्यु

भोपाल । 

भारतमा बिहीबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । भारतको मध्य प्रदेशमा ट्याक्टर र जिप एकआपसमा ठोक्किएर उक्त दुर्घटना भएको बताईएको छ ।

मध्य प्रदेशको राजधानी भोपालदेखि ४५० किलोमिटर टाढा पर्ने गन्ज रामपुर भन्ने ठाउँमा दुर्घटना भएको प्रहरी अधिकारीहरूले जनाएका छन्।

शव निकाल्न डोजरको सहयोग 

दुर्घटना यति भयानक थियो की ट्याक्टर र जिपको बिचमा च्यापिएका शवहरु निकाल्न प्रहरीले डोजरको सहयोग लिनुपरेको थियो । दुर्घटनामा तिब्र गतिमा आएको जिप ट्याक्टरको ट्रली भित्र पसेको थियो । 

दुर्घटनामा परेको जिप पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अन्य तीन जनालाई उपचारका लागि अस्पताल लगिएपछि मृत घोषणा गरिएको अस्पतालका अधिकारीहरूले जनाएका छन् ।

दुर्घटनामा परी ८ महिला र ७ जना पुरुषको ज्यान गएको छ । मृत्यु हुनेहरुमा विजय सिंह माहौर उनकी पत्नी रामवती, छोरा रछौर माहौर, छोरी गीता र जुवाई बल्लोसहित विजय सिंहका आफन्तहरु प्रेमादेवी माहौर, मीनादेवी माहौर, पार्वती उर्फ पारो माहौर, कुंतो माहौर, भूरी माहौर, रामनिवास माहौर, उत्तम माहौर, अतर सिंह माहौर, कैलाशी माहौर र जीप ड्राइभर राजवीर सिंहको पनि मृत्यु भएको छ ।

Loading...