चीन किन डरायाे यी खेलाैनासँग ?

चीनमा आजकाल एक खेलौनाले बच्चाहरुमाथि जादू नै गरिरहेको छ । धनुष आकारको उक्त खेलौना आइसक्रिम स्टिकले बनाइएको छ । तर यो खेलौनाले चीनियाँ पुलिसलाई तनाव दिएको छ ।

चीनियाँ मिडियाका अनुसार चेंगडू, कूनमिंग र हारबीनजस्ता शहरमा यी खेलौनामाथि प्रतिबन्ध गरिएको छ ।

यसका साथै पुलिसले स्कूल नजिकै खोलिएका पसलमा छापा मारिरहेको छ किनभने खेलौना ‘खतरनाक’ भएको बताइएको छ ।

तर बच्चाहरुमाझ यो खेलौनाको ब्यापक माग छ । यसको मूल्य ०.५ युआन अर्थात् करिब सात रुपैयाँ ।

किन तनावमा छन् चीनियाँ आमा–बुवाः

यो खेलौना हेर्दा सानो भएपनि यसको असर यति ठूलो छ कि दाँत कोट्याउने टुथपिकलाई तीर बनाएर मोटो वस्तुलाई पनि प्वाल पार्न सकिन्छ ।

साथै, यदि यसमा सियो राखेर चलाइयो भने कोल्डड्रिंकको क्यानमा पनि प्वाल पार्न सकिन्छ ।

यस्तो अवस्थामा परिवारका सदस्यलाई यसले बच्चालाई नै चोट लाग्ला भन्ने कुरामा चिन्ता छ ।

अहिले पनि अनलाइन बिक्रि भइरहेका छन् यस्ता खेलौनाः

स्थानीय पुलिस यो खेर्लानालाई बच्चाको पहुँचबाट टाढा राख्ने कोसिस गरिरहेका छन् तर केही वेबसाइटमा भने अझै यस्ता खेलौना बिकिरहेका छन् ।

साङ्लो मार्नका लागिः

यद्यपी, यी खेलौनामा मानिसहरुलाई निशाना नबनाउन सल्लाह दिइएको छ । तर केही कम्पनीको प्याकेजिङमा यो धनुषलाई साङ्लोलाई निशाना बनाएर मार्न सकिने बताइएको छ ।

Loading...