जनताको उजुरीपछि सुद्धोधन गाउँपालिका प्रमुखमाथि नेकपाको जनकारवाही, हेर्नुहोस् ५ कारणसहित

काठमाडौं, २० जेठ ।

राजीनामा दिन अटेरी गरेपछि नेपाल कम्युनिष्ट पार्टीको जनपरिषदले जनप्रतिनिधिहरुमाथि कारवाही थालेको छ ।

जनपरिषदले रुपन्देहिबाट जनप्रतिनिधीमाथि जनकारवाही  सुरु गरेको छ । आइतबार जिल्लाको सुद्धोधन गाउँपालिका प्रमुख किसुन चन्द्र चौधरीलाई जनपरिषदले कालोमोसो दलेको छ ।

सुद्धोधन गाउँपालिका प्रमुख  चौधरीलाई आईतवार कालो मोसो दलेर जनकारर्बाही गरेको जनपरिषद रुपन्देहीले ननस्टपलाई जानकारी दिएको छ ।

खासगरी बिकास निर्माणको काममा निकालिएको नदिजन्य पदार्थ स्थानीय ठेकेदार र ब्यापारीहरुलाई बेचेर कमिसन खाएको, गाँउपालिकाका बिभिन्न समान खरिदका क्रममा प्रक्रिया मिलाएर नै कमिसन खाएको गुनासो जनस्तरबाटै आएका कारण उक्त कारवाही गर्नुपरेको जनपरिषदले जानकारी दिएको छ ।

त्यस्तै प्रमुख चौधरीले आर्थिक प्रशासन नामावलीको धज्जी उडाउदै बिभिन्न व्यक्ति सामुदायलाई नीति विपरीत बजेट बाँडेर दुरुपयोग गरेको, बिकाश निर्माणमा राजनीति गरी पार्टीका कार्यकर्ता भर्तीकेन्द्र बनाएको र योजनाबाट २० देखि २५ प्रतिशतसम्म कमिसन खाने गरेको आरोप पनि जनपरिषदले जनाएको छ ।

चुनाव खारेज गरेको नेकपा जनपरिषदले देशभरका जनप्रतिनिधिहरुलाई आफ्नो कमिशन धन्दा बन्द गर्न गरेर तत्काल राजीनामा दिन पत्र काटिसकेको छ । विशेषगरी स्थानीय सरकारले जनताको ढाड सक्नेगरी कर वृद्धि गरेको, भ्रष्ट्राचार बढाएको, दलाली गरेको भन्दै नेकपा विरोधमा उत्रिएको छ ।

नगर, वडा र गाउपालिका प्रमुख लगाएतका प्रतिनिधिहरु बिकाश गर्नको साटो व्यक्तिगत स्वार्थका लागि काम गरिरहेको भन्दै स्थानीयले नेकपा जनअदालतमा उजुरी गर्न थालेका छन् । यसैबीच  सुकुम्बासीको उठिबास लगाउन थालेको भन्दै जनपरिषद्ले भूमाफियाहरुमाथि एक्शन लिएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका–९ शंकरपुरमा रहेको सुकुम्बासी बस्ती र उनीहरुको खेतीपाती गर्दै आएको जग्गामा जनपरिषद्ले झण्डा गाडेको हो ।

जग्गा दलालहरु नापी–मालपोत कार्यलयका कर्मचारीहरु मिलेर उक्त ५ कट्ठा जग्गा कनिबेच गर्न लागेको भन्दै सैनामैना जनपरिषद्ले शनिबार मध्यरात कब्जाको घोषणा गरेको हो ।

कब्जा गरेको उक्त जग्गा उपभोग गर्दै आएका सुकुम्बासीहरुलाई हस्तान्तरण गरेको छ । जग्गा किनबेचको काम अगाडि बढाए कारवाही गर्ने चेतावनी समेत जनपरिषद्ले दिएको छ ।

हेर्नुहोस् चौधरीमाथि कारवाही गर्नुका ५ कारण

Loading...