उडिरहेको जहाजको अगाडिको सिसा फुटेपछि आधा शरिर बाहिर गएका पाइलटलार्इ बचाइयो, ३२ हजार फिट उचाइमा यस्तो दुर्घटना

एजेन्सी । विमान हावामै थियो अर्थात आकाशमै थियो, त्यहि बेला अगाडीको सिसा फुट्यो र पाइलट आधा बाहिर परे ।

यो कुनै हलिवुड चलचित्रको सिन होइन, चीनको एक विमानमा भएको साँच्चैको घटना हो । विमानमा रहेका अर्का पाइलटले आफू अघि बसेर को–पाइलटलाई विमान भित्र तानेर बताए । विमानको आपतकालीन अवतरण गरे । विमानमा रहेका सबै यात्रु सकुशल छन् ।

पाइलट लियो च्वान जिएनका अनुसार एयरबस ए–३१९ जमिनबाट ३२ हजार फिटको उर्चामा उडिरहेको थियो । त्यहिबेला ककपिटमा ठूलो दुर्घटना भयो ।

उनले चेंगडु इकोनोमिक डेलीसँग भनेका छन्, ‘यस्तो होला वा हुन्छ भन्ने कुनै चेतावनी दिइएको थिएन । विन्डशिल्ड अचानक टुट्यो र ठूलो आवाज आयो । मेरो को–पाइलट विन्डशिल्डबाट आधा बाहिर पुगेको देखेँ ।’

को–पाइलटले सिटबेल्ट लगाएका थिए । उनलाई तानेर भित्र ल्याएको पाइलटले बताए । यहि बिच प्रेशर तथा घट्दो तापक्रमका कारण विमानको उपकरणमा खराबी आउन थाल्यो ।

पाइलटले भने, ‘ककपिटका सबै सामान हावाले उडाउँदै थियो । मैले रेडियो सुन्न सकिरहेको थिइन । विमान यति नराम्रोसँग हल्लिरहेको थियो कि कन्ट्रोल गर्न सकिएको थिएन ।’

सिचुआव एयरलाइन्सको विमान दक्षिण पश्चिम चीनको चोङ्ग चिङ्गबाट तिब्बतको ल्हासाका लागि उडेको थियो । विमानका यात्रुलाई बिहानको ब्रेकफास्ट दिइँदै थियो । त्यहि बेला विमान ३२ हजार फिटबाट एकैचोटी २४ हजार फिट तल आयो ।

तर केही क्षणमा पााइलटले अवस्था नियन्त्रणमा लिएको विमानका यात्रुले बताएका छन् । चीनको नागरिक उड्डयन विभागका अनुसार को–पाइलटको नाडीमा चोट लागेको छ ।

यस्तै अनुहारमा पनि केही चोट छ । साउथ चाइना मर्निङ्ग पोस्टका अनुसार ११९ यात्रु रहेको विमानको सुरक्षित अवतरण गरिएको छ ।

चेङ्गडुमा विमान अवतरण गरिएको हो । त्यसपछि २७ यात्रुलाई चेकअपका लागि अस्पताल लगिएको थियो ।
विमान सुरक्षित रुपमा अवतरण गर्ने पाइलट लियोको सामाजिक सञ्जालमा निकै तारिफ भएको छ ।

Loading...