सुनको मुल्य उकालो लाग्यो, आज तोलाको ५९ हजार २ सय

काठमाडौं, ३० बैसाख ।

नेपाली बजारमा सुनको मुल्य उकालो लागेको छ। आज तोलाको सुन ५९ हजार २ सय पुगेको छ।

एक साता अघि सुनको मुल्य तोलाको ५८५०० थियो। त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार ९ सय छ । चाँदीको मुल्य पनि बढेको छ।

एक साताअघि तोलाको ७ सय ५५ रहेको चाँदीको मुल्य आज ७ सय ७५ रुपैयाँ कायम भएको छ।

Loading...