चर्चित गायिका चन्द्रा चलाउने फेरि उदाइन सल्यानी झ्याउरे तालमा

काठमाडौं । चर्चित गायिका चन्द्रा चलाउने र गायक यज्ञराज बुढाथाेकीकाे नयाँ गीत सार्वजनिक भएकाे छ । झ्याउरे भाकामा “तिर्खा मेट्ने” बाेलकाे गीतसँगै म्यूजिक भिडियाे समेत सार्वजनिक भएको छ ।

गायक यज्ञराज बुढाथोकीकै शब्द र सङ्गीत रहेकाे उक्त गीतलाई म्युजिक बैंक नेपालले बजार व्यवस्थापन गरेको छ । संगीत संयोजन चर्चित संगीत संयोजक कृष्ण पुनले गरेकाे याे गीत सार्वजनिक गरिएसँगै निकै रुचाइएकाे छ ।

गीतकाे म्यूजिक भिडियाे निर्देशन बहुचर्चित निर्देशक तथा सत्यवती कला केन्द्रका सन्चालक उदिराम खड्काले गरेका छन् भने सुरेश श्रेष्ठको छायांकन रहेको छन । साथै नबिन घर्ति मगरले भिडियाेकाे सम्पादन गरेका छन् ।

गीतमा उदिराम खड्का, रीना थापा, बिबेक खड्का र स्वीकृति तिमल्सिनाले नृत्यसहित अभिनय गरेका छन् ।

Loading...