श्रीमान लगाएर वडाअध्यक्ष कुटाउने उपमेयर दाहाल मिडियाकर्मीमाथि किन खनिइन ? यस्ताे छ कारण

चन्दन रौनियार, सुनसरी ।

सुनसरी स्थित दुहबी नगरपालिकामा भएको कुटपिट प्रकरणमा नगरपालिका मिडियामाथि खनिएको छ । उपमेयर सुनिता दाहाल साहले ५ नं. वडाका अध्यक्ष तथा सदस्यमाथि कुटपिट गरेको बिषयमा भिडियो र तस्विरसहित समाचार आएपछि मिडियामाथि नगरपालिका खनिएको हो ।

न्यायिक समितिका संयोजक समेत रहेकी उपमेयर साहले वडा अध्यक्ष र सदस्यलाई कुटपिट गरेको बिषयमा नगरपालिकाले पत्रकार सम्मेलन गरेको थियो । सोहि पत्रकार सम्मेलनमा भ्रामक सुचना प्रवाह गरेको भन्दै खेद प्रकट गरेको थियो । कुटपिटपछि आएका बिभिन्न समाचार र टेलिभिजनमा प्रशारण भएको रिर्पाेट सामग्रीले नगरपालिकालाई बद्नाम गराएको भन्दै सबै दोष पत्रकारलाई देखाइएको प्रति सुनसरीका संञ्चारकर्मीहरुले बिरोध गरेका छन ।

स्वयम मेयर र उपमेयर दुवैको उपस्थिति नभएपनि नगरपालिकाका प्रवक्ता बिजय कुमार चौधरी र केही वडा अध्यक्षलार्इ पत्रकार सम्मेलनमा पठाएर उनिहरूले सबै दाेष मिडियाकर्मीमाथि थाेपार्न खोजिएको हो । आफ्नो बेइज्जत भएको भन्दै उपमेयर पत्रकार सम्मेलनमा आइनन बरु सबै कुरा ठीकठाक पारेर नगरपालिका प्रवक्तालाई पठाईन ।

पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तीमा विभिन्न छापा, अनलाईन र टेलिभिजन तथा अन्य संचार माध्यममले घटनाको वास्तविक्ता भन्दा बाहिर गएर नगरपालिकाको प्रवक्तासँग समन्वय नगरी भ्रामक तथा मनगथन समाचार आएकोप्रति गम्भीर ध्यान आकर्षण भएको उल्लेख छ ।

तीन दिनअघि सुनसरीको दुहवी नगरपालिकाकी उपमेयर अर्थात अनुगमन समिति संयोजक सुमित्रा दाहाल (शाह)ले नगरपालिका कार्यालय नजिकै भएको सरस्वती मावि खेल मैदान मर्मत सम्वन्धि अनुगमन र त्यसमा भएको कामको भुुक्तानप्रति देखाएको उदासिनताले निम्त्याएको बिवाद आपत्तीजनक बनेको गुनासो बाहिर आएको छ।

कार्यालय नजिकै भएको बिकास निर्माण कार्यका अनुगमन संयोजक उप मेयर सुनिता दाहाल (साह)ले सहज रुपमा नगरिदिँदा वडाध्यक्ष रमेशकुमार रौनियार तथा काम गर्ने कामदारले भुक्तानी पाउन असहज भएपछि बिवाद चर्किदा नगरपालिका परिसरमा गत शुक्रबाट कुटपिट समेत भएको तथा त्यसमा वडा सदस्य कृष्ण योञ्जन पीडित बन्नुभएको सोमबार जारी बिज्ञप्तीमा उल्लेख छ।

उप मेयर सुनिता दाहाल(साह)ले नगरपालिकामा खेल मैदानको अनुगमन र निकासा सम्वन्धि बिवाद चर्किदै जाँदा श्रीमान समेत बोलाई निर्वाचित वडाध्यक्ष एवं वडा सदस्यहरुमाथि हातपात समेत गराउने कार्य भएकोप्रति नगर कार्यपालिकाले आपत्ती जनाई सकेको छ। घट्नापछि उपमेयरलाई सिमित समयका लागि अनुगमन समितिबाट हटाउने निधो समेत गरेको नगरपालिकाका प्रवक्ता चौधरीले सोमबार भएको पत्रकार सम्मेलनमा जानकारी दिए।

यता आफनो बचाउ गदै नगरपालिकाले आगामी दिनहरुमा सानातिना असमझदारी र कार्य सञ्चालन प्रकृयामा भएका कमी कमजोरीहरुलाइ सुधार गर्दै नगरवासीहरुमा छिटो छरितो सेवा दिने प्रतिबद्धता व्यक्त पनि गरेको छ । साथै विज्ञप्तीमा उपमेयरले कुटपिट गरेको कुरालाई दुखद मात्र भनिएको छ ।

तर यता नगरपालिकाको यस्तो कदमले समग्र संचारकर्मीहरुप्रति गलत आरोप लगाइएको सुनसरीका पत्बरकारहरूले बताएका छन् । बाहिरी रुपमा मिडियालाई दोष देखाएर माहोल शान्त पार्न खोजिएको संञ्चारर्मीको भनाई छ । शुरुमा केही वडा अध्यक्ष उपमेयर बिरुद्ध बोल्दै हिड्ने पछि उपमेयरको समर्थनमा एकाएक देखिएपछि मिडियालाई प्रयोग गरिएको बताइएको छ । नगरपालिकाले मिडियामाथि लगाएको आरोपको तत्काल खण्डन गर्नु पर्ने माग पपत्ररकारहरूकाे छ ।

उपमेयरले माफी मागेपछि बोली फेरिन !

दुई दिन अघि भएको घटनामा कुटपिट भएका ५ नं. वडाका अध्यक्ष रमेश रौनियार र सदस्य कृष्ण तामाङलाई उपमेयर साहले मौखिक माफी मागेकी थिइन । नगरपालिकामा भएको छलफलपछि उपमेयर साहले दुबैसँग अब अभद्र व्यवहार नगर्ने भनेकी थिइन । तर त्यसलगत्तै  उपमेयरले आफुमाथि पनि रौनियार र तामाङले हातपात गरेको भन्दै प्रतिक्रिया दिइन्।

त्यसपछि टुंग्याइसकिएको बिबाद झिकेर उपमेयरले आरोपप्रत्यारोप गर्न तहको भन्दै पिडित तामाङ पत्रकार सम्मेलनमा आक्रोशित बने ।

घटनामा मिलापत्र गर्न वडा अध्यक्ष रौनियार र तामाङलाई नैतिक दबाब थियो । नेपाली काग्रेस निकट सबै जनप्रतिनिधिहरुले घरको विवाद मिडियामा पुगेको भन्दै मिल्न आग्रह गरिएको कुरा बाहिरियो  । तर वडा सदस्य तामाङले उपमेयरका श्रीमान अनिल साहलाई कानुनी दायरामा ल्याउने अडान लिए ।

साहबिरुद्ध इलाका प्रहरी कार्यालय दुहबीमा निवेदन दिएपनि प्रहरीले दर्ता गर्न नमानेको तामाङको भनाई छ । अनिल साहले आफुलाई सिध्याउने र ज्यान मार्ने धम्की दिएको भन्दै जिउज्यानको सुरक्षाको कारण देखाइ प्रहरीमा निवेदन दिएका थिए । तर उनका श्रीमानलाई समेत मुद्धा मामिला नगर्न नगरपालिकाले दबाब दिएको तामाङको भनाई छ ।

पत्रकार सम्मेलनमा तामाङले उपमेयर आफुसमक्ष बाहिरी रुपमा नरम देखिएको र माफी मागेको भन्दै भित्री रुपमा कतै न कतै निशाना बनाउने तयारी गरेको आरोप लगाए।

उपमेयर तामाङकाे ज्यादतीसंबन्धित सार्वजनिक भएको भिडियो..

 

यो पनि पढ्नुहोस्

२०७४ चैत १३ मा प्रकाशित

Loading...