चाइना कप फुटबलको उपाधि उरुग्वेको कब्जामा

काठमाडौं, १३ चैत ।

चाइना कप फुटबलको उपाधि उरुग्वेले जितेको छ । सोमबार भएको फाइनल खेलमा युरोपेली प्रतिद्वन्द्वी वेल्सलाई १–० ले हराउँदै लेटिन अमेरिकी मुलुक उरुग्वे च्याम्पियन बनेको हो ।

उरुग्वेका लागि १००औं खेल खेलेका एडिन्सन काभानीले ४९औं मिनेटमा गरेको गोल खेलको निर्णायक गोल बन्यो । खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएपनि वेल्सले गोल फर्काउन भने सकेन ।

मंगलबार राति नै भएको तेस्रो स्थानको प्लेअफमा चेक गणतन्त्रले चीनलाई ४–१ ले हरायो । चार टोली सम्मिलित आमन्त्रण प्रतियोगिताको सेमिफाइनलमा वेल्सले चीनलाई ६–० ले हराएको थियो भने उरुग्वेले चेक गणतन्त्रमाथि २–० को जित दर्ता गरेको थियो ।

Loading...