हत्याको ३५ वर्षपछि चुरोटको ठुटोबाट अभियुक्तसम्म पुग्यो प्रहरी

एजेन्सी । अमेरिकाको फ्लोरिडामा एक जनाको हत्याको ३५ वर्षपछि प्रहरी अभियुक्तलाई समात्न सफल भएको छ। ५७ वर्षीय डेनियल वेल्स यसैसाता हत्या आरोपमा पक्राउ परेका हुन्। उनलाई तोन्या म्याकिन्लिीको हत्या गरेको आरोप छ। सन् १९८५ मा नयाँ वर्षकै दिन एक छोराकी आमा २३ वर्षीया म्याकिन्ली मृत भेटिएकी थिइन्। यौन दुर्व्यवहारपछि घाँटी थिचेर उनको हत्या गरिएको थियो। […]

कोभिड–१९ संक्रमतिको संख्या विश्वभर तीन लाख बढि, मर्नेको संख्या १२ हजार ९७३

विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएपछि ठूलो त्रास उत्पन्न भएको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या तीन लाख नाघेको छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर तीन लाख चार हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि झण्डै […]

भारतमा जनता कर्फ्यु लगाउने घोषणा

एजेन्सी, ७ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस ९कोभिड १९० को संक्रमणको महामारी रोक्न आइतबारदेखि जनता कर्फ्यु लगाउने घोषणा गरेका छन् । भारतीय नागरिकलाई महामारीबाट जोगाउन यस्तो कदम चाल्नुपरेको उनले स्पष्ट पारेका छन् । उनले बिहीबार देशवासीको नाममा सम्बोधन गर्दै देशवासीलाई आफैं अलग्गै घरमा बस्न आह्वान पनि गरेका छन् । कर्फ्यु आगामी आइतबारदेखि […]

इटलीमा कोरोनाले एकै दिन ४७५, इरानमा १४७ जनाको मृत्यु

एनेन्सी, (कोभिड- १९) कोरोना भाइरसका कारण इटलीमा एकै दिन ४७५ जनाको मृत्यु भएको छ। बुधबार इटलीको लोम्बार्डीमा मात्रै ३ सय १९ जना र अन्य क्षेत्रमा १५६ जना गरी ४७५ जनाको मृत्यु भएको हो। इटलीमा ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ। ४ हजार २५ जना उपचार पछि घर फर्किएका छन्। इटलीमा २८ […]

कोरोना भाइरसविरुद्धको लडाइँमा चीनलाई थप सफलता, वुहानमा कोरोना संक्रमण शून्य

काठमाडौं, ६ चैत । कोरोना भाइरसविरुद्धको लडाइँमा चीनलाई थप सफलता हात परेको छ । गत डिसेम्बरको अन्तिम सातादेखि कोरोनाविरुद्ध लडेको चीनले इपिसेन्टर वुहानमा संक्रमण शून्यमा झारेको छ । मंगलबार १३ को ज्यान गएकोमा बुधबार ८ संक्रमितको ज्यान गएको छ । गत डिसेम्बरको अन्तिम सातादेखि देखापरेको संक्रमणले हायलकायल बनाएको वुहानमा बुधबार शून्य संक्रमण देखिएको हो । […]

एनआरएनए स्पेनले भन्यो ‘ संकट्को समयमा सहयोगको लागि तयार छौं’

५ चैत, । गैरआवासी नेपाली संघ स्पेनले कोरोनाको कारणले त्रासमा रहेका स्पेनवासी नेपालीका लागि सहयोग गर्न तयार रहेको बताएका छन् । एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङ सहितको टिमले यस आपतिकालिन अवस्थमा आफूहरु सहयोग गर्न तयार रहेको भन्दै एक सूचना जारी गरेका छन् । ‘हामीहरू केही समयदेखी कोरोनाको महामारीबाट त्रसित छौ । हालसम्म हामी नेपालीहरू सुरक्षित […]

दुई साताका लागि नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक

काठमाडौँ,५ चैत । कोरोना भाइरस ९कोभिड–१९० को जोखिम नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले चैत ५ गतेदेखि १८ गतेसम्म नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको हो । मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले बुधबारदेखि लागू हुने यो नियम आगामी मार्च ३१ वा चैत १८ गतेसम्म लागू हुने जनाएको छ । मलेसिया सरकारले लगाएको प्रवेश रोकले नेपाली […]

नेपाल मात्रै (कोभिड-१९) संक्रमणलाई पूर्ण समाधान गर्ने देशको सूचिमा

काठमाडौं, ५ चैत्र । चीनको हुवानबाट फैलिएको कोरोना भाइरस अर्थत् (कोभिड-१९) अहिले विश्वको १६५ देशमा फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको छ । कोरोना भाइरसको तीव्र रूपमा फैलिरहँदा विभिन्न देशले संक्रमणलाई समाधान गर्नको लागि विभिन्न सतर्कता अपनाएको छ । स्रोत, साधनले सम्पन्न देशहरुले कोरोना भाइरसको संक्रमण केही समाधान गरेको […]

विश्वभर (कोभिड-१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ सय ७५ जनाको मृत्यु

काठमाडौँ, ५ चैत । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड -१९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पछिल्लो समय युरोपेखि मुलुकहरुमा तीव्र गतिमा फैलिरहेको छ । अहिले चीनमा नयाँ संक्रमण लगभग शून्य जस्तै भएको छ । तर युरोपको इटाली र […]

२९ वर्षीय वातावरणमन्त्री माइकललाई कोरोना संक्रमण: १५ मन्त्री क्‍वारेन्टाइनमा

बिबिसी,पोल्यान्ड सरकारका १५ जना मन्त्रीलाई क्‍वारेन्टाइनमा राखिएको छ । पोल्यान्डका २९ वर्षीय वातावरणमन्त्री माइकल वसलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि १५ जनालाई मन्त्रीलाई क्‍वारेन्टाइनमा राखिएको हो । प्रधानमन्त्री कार्यालयका प्रमुख माइकल डोरसिकका अनुसार मन्त्री बसलाई सोमबार कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उनले आफूलाई अहिले सञ्‍चो भएको बताए । मन्त्रिपरिषद पछिल्लो बैठक मार्च १० […]