देशमा चरम संकट आएपछि श्रीलंकाका सबै मन्त्रीले दिए एकसाथ राजीनामा

काठमाडौँ । श्रीलंकामा संकटकालका बीच राजनीतिक उथलपुथल तीव्र बनेको छ। आइतबार अबेर राति त्यहाँको मन्त्रिपरिषदका सबै मन्त्रीले राजीनामा दिएका छन्। श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरूले राजीनामा बुझाएको जानकारी दिए। तर त्यसरी मन्त्रीहरूले एकसाथ सामूहिक राजीनामा किन दिए भन्ने कारण उनले खुलाएका छैनन्। श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले […]

यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमणको तालिका

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ जान लागेका हुन् । भ्रमण कार्यक्रम अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउसो २ : ५० बजे प्रधानमन्त्री देउवा भारतको नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् । शुक्रबार दिउँसो ४ : ३० बजे […]

ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । ग्यास बुलेट ट्याङ्करको ठक्करबाट काठमाडौँमा मोटरसाइकल चालकको मृत्यु भएको छ । ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका काठमाडौँ महानगरपालिका–१ घर भएका ६४ वर्षीय गुलाम मोहम्मदको उपचारको क्रममा वीर अस्पतालमा बेलुकी ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोहम्मदले चलाएको बा ६४ प ६३८० नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास […]

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौँ । स्थानीय तहको निर्वाचन सम्बन्धि छलफलको लागि निर्वाचन आयोगले यही चैत २२ गतेका लागि सर्वदलीय बैठक बोलाएको छ। निर्वाचन आचारसंहिता लागू गर्नेलगायत विषयमा सुझाव लिन सर्वदलीय बैठक बोलाएको आयोगका एक अधिकारीले जानकारी दिए। २२ गतेको बैठकमा दलहरुको सुझाव लिएर आचारसंहिता लागू गर्ने दिन टुंगो लगाउने तयारी आयोगले गरेको छ। स्थानीय तहको निर्वाचन आगामी वैशाख […]

चिनियाँ विदेशमन्त्रीको भ्रमणमा रसुवागढी र तातोपानी नाका सञ्चालनमा कुरा हुने एनसीसीएफएको विश्वास

काठमाडौं । नेपाल-चीन वाणिज्य मैत्री संघले चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी ले आजदेखि गर्न लाग्नु भएको नेपाल भ्रमणको सिलसिलामा लामोसमयदेखि बन्द रहेका तातोपानी र रसुवागढी नाका अविलम्ब सञ्चालनका लागि छलफल हुने विश्वास व्यक्त गरेको छ । सो संघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, “कोरोना महामारीसँगै चीनसँगको नेपालका प्रमुख व्यापारिक नाका […]

मोरङ लेटाङमा भएको झडपमा एक प्रहरीको मृत्यु

काठमाडौँ । मोरङको लेटाङमा अनिश्चितकालसम्मका लागि कर्फ्यु लगाइएको छ। आइतबार साँझ लेटाङ–५ मा आक्रोशित भीडको आक्रमणमा एक महिला प्रहरीको मृत्यु भएपछि स्थानीय प्रशासनले अहिले बिहान ७ बजेबाट कर्फ्यु लगाएको हो। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नेपालखबरसँग टेलिफोनमा भने, ‘अहिले बिहान ७ बजेदेखि लागू हुनेगरी अर्काे आदेश नभएसम्मका लागि लेटाङका ४, ५ र ६ […]

नेपालगन्जमा रेडपाण्डाको छालासहित चार जना होटलबाट पक्राउ

नेपालगञ्ज । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अन्जना होटलबाट आइतबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ का हर्कबहादुर विक, विवेक वोहरा र वडा नं ११ का रामकृष्ण शाही तथा ठूलोभेरी नगरपालिका–१ का सुकराम विक रहेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी […]

मोरङमा प्रहरीमाथि आक्रमण, १८ घाइते, एकको अवस्था चिन्ताजनक

काठमाडौँ, ६ चैत । मोरङको लेटाङमा शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा झडप हुँदा​ माेरङका एसपी जनार्दन जिसीसहित १८ प्रहरी घाइते भएका छन्। घाइतेमध्ये प्रहरी जवान उर्मिला श्रेष्ठको अवस्था चिन्ताजनक भएको बताइएको छ। उनीहरुलाई उपचारका लागि कोसी अस्पताल पुर्याइएको छ। लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका एक शिक्षकले विद्यालयकै एक छात्रालाई करणी गरेको […]

परम्परागत संगीतले सजिएको ‘होलि इष्ट एण्ड वेष्ट’ गीत सार्वजनिक (भिडियो)

(विभिन्न भाषा र भाव समेटिएको “होली इष्ट एण्ड वेष्ट” गीत सार्वजनिक भएको छ । प्रोजेक्ट बाजा नेपालले सृजना गरेको यस गीतमा प्रसिद्ध कलाकार प्रशान्त ताम्राकार तथा अमेरिकी कलाकार स्टेफनी थ्रोन्टोनद्वारा अभिनय रहेको छ । ललितपुरको सांस्कृतिक महत्वले भरिएको भिंछेबहालमा छायाँकन  गरिएको उक्त गीत नेपाली, नेपालभाषा, मैथिली, अँग्रेजी भाषाको समिश्रणमा तयार भएको हो । प्रोजेक्ट बाजा […]

प्रहरी कुटपिटले युवाको ज्यान गएको आरोपमा असई धामी नियन्त्रणमा, घटनाको अनुसन्धान सुरु

सुर्खेत, २२ फागुन । कालीकोटको तिलागुफा नगरपालिका ३ का कृष्ण हमालको कुटपिटबाट ज्यान गएकाे आरोपमा प्रहरी सहायक निरीक्षक (असई) शेर सिंह धामीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकका बुबा हिराचन्द्र हमालले आज आइतवार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रहरी सहायक निरीक्षक (असई) शेर सिंह धामीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिएर तीन दिन म्याद थप […]