राष्ट्रपति भण्डारीले गरिन केपी ओलीलार्इ प्रधानमन्त्रीमा नियुक्त

काठमाडाैँ, ३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अाेलीलार्इ प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

नेपाली कां‌ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अाजै अाफ्नाे पदबाट राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले अाेलीलार्इ ४१ अाैं प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयबाट अाेलीलार्इ प्रधानमन्त्रीमा नियुक्त गरेकाे पत्र पठाइसकिएकाे छ । देउवाले राजिनामा पेश गरेलगत्तै राष्ट्रपतिले कुनै पनि विलम्व नगरी स्वीकृत गरेकी थिइन ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । वाम गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्न दाबीपत्र प्रस्तुत गरेको थियो ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले नयाँ प्रधानमन्त्रीको सपथ आजै ४ बजे हुने सम्भावना रहेको बताएका छन् ।

त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले अाफ्नाे राजिनामा सार्वजनिक रुपमा जानकारी पनि गराएका थिए । उनले राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् । सम्वाेधन गरे लगत्तै देउवा शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएका थिए ।

२४ जेठमा प्रधानमन्त्रीमा निर्वाचित भएका देउवाले द्रोस्रो र तेस्रो चरणको स्थानीय तह निर्वाचन तथा प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभा निर्वाचन सम्पन्न गरेका छन् । यी निर्वाचन सम्पन्न भएसंगै मुलुकमा संघीयताको पूर्ण कार्यान्वयनको चरण सुरु भएको छ ।

देउवाले आफ्नो सम्बोधनमा मुलुकमा जनप्रतिनिधिले जारी गरेको संविधानमा उल्लेखित संघीयतालाई कार्यान्वयनको चरणमा लैजान महत्वपूर्ण निर्वाचन सम्पन्न गरेको बताएका छन्, संगै उनले २००७ सालमा कांग्रेसले उठाएको मुद्दा अन्र्तगतको संविधानसभा निर्वाचन सम्पन्न गरेर त्यसलाई कार्यान्वयनमा लैजाने जिम्मेवारी पुरा गर्न पाएकोमा खुसी लागेको बताएका छन् ।

Loading...