अनुहार पहिचान गरेर आफैं ढोका खुल्ने कार

काठमाडाैं । लससभेगासमा आयोजना भएको सिइएस मेलामा चिनियाँ कम्पनी बाइटनले अनुहार पहिचान गरेर आफैं ढोका खुल्ने कार प्रदर्शन गर्‍यो । यसको स्टेयरिङमै टचस्क्रिन छ । यस्तो टचस्क्रिन भएको यो संसारकै पहिलो कार भएको कम्पनीको दाबी छ ।

यो कार भ्वाइस र जेस्चर कन्ट्रोलको सहायताले अनुहार पहिचान गरी इसाराकै आधारमा चल्न सक्छ । यो कार एकपटक चार्ज गरेपछि ५ सय २३ किलोमिटर चल्छ । आधा घण्टामै कार पूर्ण रूपमा चार्ज हुन्छ ।

यसको ढोकामा अदृश्य ह्यान्डल छ भने साइड भ्युका लागि क्यामेरा राखिएको छ । यसमा भएको ड्यासबोर्ड टचस्क्रिन डिस्प्लेले हेल्थ मोनिटरिङसमेत गर्छ ।

Loading...