विद्यार्थीले हिर्काएको ढुङ्गा लागेर एक प्रहरी घाइते, रिसाएको प्रहरीले लाठी बर्साउँदा ६ विद्यार्थी घाइते

काठमाडौँ । नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले राजधानीमा आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको छ ।

झडपमा ६ जना विद्यार्थीहरु घाइते भएका छन् । घाइते हुनेमा अनेरास्ववियुको उपाध्यक्ष महेश बर्तौला, शेखर बोहोरालगायत दर्जन नेता कार्यकर्ता रहेको सचिव आरसी लामिछानेले जानकारी दिए । त्यस्तै विद्यार्थीको ढुङ्गा प्रहारबाट प्रहरी जवान देवेन्द्र चन्द घाइते भएका छन् ।

निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गर्न ढिलाई गरेको, प्रधानमन्त्री शेरबहादुर देउवाको अक्रमण्यता तथा मूल्यबृद्धिविरुद्ध गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको लामिछानेले जानकारी दिए ।

‘हामीले शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेको बेला प्रहरीले एक्कासी बल प्रयोग गर्यो,’ लामिछानेले भने, ‘प्रहरीले दर्जनौँ शेल अश्रुग्याँस प्रहार गरेको छ ।’

यता, प्रहरीले भने प्रधानमन्त्री र निर्वाचन आयुक्तको पुत्ला जलाउन खोजेपछि हस्तक्षेप गरेको बताएको छ । अहिले पनि त्रिचन्द्र कलेज र रत्नपार्क क्षेत्र तनावग्रस्त रहेको छ ।

Loading...