मतदातालार्इ ‘भोट नदिए गोली हान्ने’ धम्की दिए अमरेश सिंह

सर्लाही, २० मंसिर । निर्वाचन प्रक्रिया अनुसार मौन अवधि जारी रहेको भए तापनि सर्लाहीमा अमरेश कुमार सिंहले यसको धज्जी उडाएका छन् । अमरेशले सर्वसाधारण जनतालार्इ मत नदिए गाेली ठाेकिदिने भन्दै धेरै मानिसहरुलार्इ माैन अवधिमा धम्क्याउन थालेकाे खुलासा भएकाे छ ।

क्षेत्र नम्बर ४ का लागि नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका अमरेशकुमार सिंहले घर-घर गएर आफूलाई मतदान नगरे गोली हानेर मारिदिनेसम्मको धम्की दिएको एक स्थानीयले बताएका छन् ।

अमरेशका बिपक्षी मानिएकाहरुको घर-घरमा गएर उनले त्यस्तो शब्दमा धम्की दिने गरेको बलरा नगरपालिका ५ अर्नाहाका चन्देश्वर प्रसाद कुशवाहाले बताए । कुशवाहले भने, “मलाई टेलिफोन गरेरै मेरो बिपक्षमा मत दिए, दिलाए वा त्यस्तो कुनै गतिबिधि गरिस भने तेरो खैरियत छैन् । भन्दै मलाइ अमरेशले धम्काए ।”

“अमरेशकुमारले मलाइ ‘गोली हान्न म डराउदिन होस गरेर बस्ने’ भनेर धम्क्याएका छन ।” कुशवाहाले थपे, “यस्ता धम्की अमरेशले कयौलाई दिएका छन् ।

आफूले यसबारे सुरक्षा निकाय समक्ष समेत जानकारी दिएको तर सुरक्षा निकाय समेत अमरेशकै पक्षमा देखिएकोले आफू मिडियामा आफना कुरा राख्न बाध्य भएको कुशवाहाले बताए ।

Loading...