भिरबाट माेटरसाइकलसँगै खसेर दुर्इकाे मृत्यु

धादिङ, ११ मंसिर । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ सल्यानटारमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा जीतेन्द्र अधिकारी र भुवन पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुको ठेगाना खुलेको छैन।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ध्रुवराज राउतका अनुसार सल्यानटारबाट आरुघाटतर्फ जाँदै गरेको बा ८९ प ७२७ नं. को मोटरसाइकल भिरबाट खसेर दुुर्घटना भएको हो

Loading...