रुकुममा एजेन्ट बनेका युवक र महिलाले एसिड खन्याएर जलाए मतपेटिका

मतपत्र जलाएर भाग्दै गरेका युवकलार्इ समात्न प्रहरीले चलायो गोली

रुकुम, १० मंसिर । रुकुमकाे एक मतदान केन्द्रमा दलकाे एजेन्ट बसेका व्यक्तिले नै मतपेटिकामा एसिड खन्याएर निर्वाचन स्थगित गराएका छन् । पश्चिम रुकुमको आठवीसकोट नगरपालिका वार्ड नं. ११ मा रहेकाे मतदान केन्द्रमा यस्ताे घटना घटेकाे हाे ।

अाठबीसकाेटकाे नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको (ख) मतदान केन्द्रमा केशव खड्का नाम गरेका व्यक्तिले मतपेटिकामा एसिड खन्याएर नष्ट गरेका हुन् । उनले समानुपातिकतर्फको मत खसेकाे मतपेटिकामा एसिड खन्याइदिएका थिए ।

स्राेतका अनुसार खड्का नेपाली कांग्रेसका तर्फबाट एजेन्ट बनेर मतदान केन्द्रमा गएका थिए । अाठबीसकाेट नगरपालिकाकाे वडा नं. ११ कै निवासी खड्काले मतपेटिकामा एसिड खन्याए भागेका थिए । खड्काले मतपेटिकामा एसिड खन्याएर भागेकाे भन्ने एकैछिनमा हल्ला चलेपछि प्रहरीले उनलार्इ लखेट्दै लखेट्दै गएर पक्राउ गरेकाे थियाे । उनलार्इ पक्राउ गर्न नसकेपछि प्रहरीले केही राउन्ड गाेली समेत चलाएकाे थियाे ।

त्यसैगरी आठबीसकोट नगरपालिकाकै वार्ड नं. ३ मा पनि मतपेटिकामा एसिड खन्याइएकाे छ । एक जना महिलाले मतदान गर्ने भन्दै भित्र छिरेर मतपेटिकामा एसिड खन्याएकी थिइन । एसिड खन्याएपछि मतपेटिकामा खसेका मत बिग्रेकाे बताइएकाे छ । प्रहरीले उनलार्इ पनि गिरफ्तार गरेकाे जनाएकाे छ ।

त्यस्तै रुकुमकै बाफिकोट गाउँपालिकाको काँडास्थित रत्न आधारभूत विद्यालयको (क) मतदान केन्द्रमा पनि मतपत्रहरु जलाइएका छन् । प्रत्यक्षतर्फका २ सय ५० मत खसिसकेकाे मतपेटिकामा अज्ञात व्यक्तिहरु अाएर जलाइएकाे बताइएकाे छ । घटना यतिसम्म भयाे कि त्याे मतपत्र कसले जलायाे भन्ने न त कर्मचारीले थाहा पाए न त सुरक्षाकर्मीले नै थाहा पाउन सके । मतपत्रहरु जलिसकेपछि मात्र सुरक्षाकर्मीले थाहा पाएकाे बताइएकाे छ ।

सुरक्षाकर्मी र निर्वाचनमा खटिएका कर्मचारीले यी घटना नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले गराएकाे हुनसक्ने अाशङ्का गरेका छन । तर, त्यसबारे कुनै अाधिकारिक पुष्टि नभएका कारण एकिन गर्न नसकिने रुकुम प्रहरीले जनाएकाे छ ।

यसरी मतपत्र जलाइएका रुकुमका दुबै मतदान केन्द्रकाे मतदान स्थगित भएकाे छ । ती दुबै ठाउँमा अब फेरि चुनाव हुने बताइएकाे छ । स्थगित भएका ठाउँमा मंसिर २१ गते दाेस्राे चरणकाे निर्वाचन हुनेक्रममा मतदान गराइने बताइएकाे छ । दाेस्राे चरणकाे निर्वाचन २१ मंसिरमा हुँदैछ ।

केही दिन अघि मात्र रुकुममा प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका मन्त्री जनार्दन शर्मालार्इ एक महिलाले चप्पले हानेकाे घटना चर्चामा अाएकाे थियाे । महिलाले चप्पलले हानेपछि वाइसिएलका कार्यकर्ताले उनलार्इ अमानवीय तरिकाले कुटपिट गरेका थिए ।

 

Loading...