१८९ जना गिरफ्तार भएपछि जवरजस्त युद्ध थोपर्न लागेको नेकपाको टिप्पणी

काठमाण्डौ, २ मंसिर । प्रहरीले देशभर नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता तथा शुभचिन्तकहरुमाथिकाे धरपकड तीब्र पारेकाे छ । निर्वाचनकाे मिति नजिकिएसँगै गिरफ्तारीका घटना पनि बढेका छन् । प्रहरीले नेकपालार्इ समर्थन गरेकाे भन्दै देशभरबाट १ सय ८९ जनालार्इ गिरफ्तार गरेकाे छ ।

नेकपाले मंसिर १० र २१ मा हुने निर्वाचनलार्इ खारेजीकाे घाेषणा गरेकाे छ । यही सन्दर्भमा देशभर वम विष्फाेटका घटना बढ्दै गएका छन् । धेरैले यी घटनामा नेकपाकै हात हुन सक्ने अनुमान गरेका छन् । नेकपाले भने यी घटनाकाे जिम्मेवारी लिएकाे छैन । नेकपाका प्रवक्ता प्रकाण्डले पार्टीले चुनाव खारेज गर्न अपिल मात्र गरेकाे बताएका छन् । संसदीय व्यवस्था र संसदवादी दलका नेताहरुप्रति जनता अाक्राेशित भएकाले त्यसकाे प्रतिक्रिया स्वरुप ठाउँठाउँमा यस्ता घटना भएकाे हुनसक्ने उनले बताएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता मनाेज न्याैपानेले अहिलेसम्म गिरफ्तार हुनेकाे संख्या १ सय ८९ पुगेकाे जानकारी दिए । उनले यसबारे थप कुरा भने गर्न मानेनन् । अहिलेसम्म गिरफ्तार हुनेमा सबैभन्दा बढी दाङ जिल्लामा रहेकाे बताइएकाे छ । दाङ जिल्लामा २० जना नेकपाका समर्थक, शुभचिन्तक तथा कार्यकर्ता गिरफ्तार परेका छन् । त्यसैगरी कास्कीबाट १८, रुकुमबाट १७, राेल्पाबाट ५, बर्दीयाबाट ९, गोरखा ५, ताप्लेजुङ ८, पाँचथर ८, बैतडीबाट ८, प्यूठानमा ६, इलाम ३, महाेत्तरी १, कालिकाेट १, दार्चुलाबाट १, गुल्मी १, धनकुटा १ र उपत्यकाबाट ४ जना पक्राउ परेको बताइएकाे छ ।

त्यसैगरी प्रहरीले अहिलेसम्म चार जना पत्रकारलार्इ समाचार लेखेकै अाधारमा गिरफ्तार गरेकाे छ । प्यूठानका पत्रकार पदमप्रसाद पोख्रेल र जयेश्वर आचार्य, काठमाडाैबाट पत्रकार खेम थपलिया र जितेन्द्र महर्जनलार्इ प्रहरीले गिरफ्तार गरेकाे छ । गिरफ्तार गरिएका अधिकाशं नेकपा नेता कार्यकर्तालाई मुद्दा चलाईएको प्रहरी प्रवत्ता न्यौपानेले जानकारी दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीले भने शान्तिपूर्ण राजनितिक गतिबिधिमाथि राेक लगाएर सरकारले जवरजस्त युद्ध थाेपर्न खाेजेकाे जनाएकाे छ । देशभर अाफ्ना नेता कार्यकर्ता तथा समर्थक शुभचिन्तकका घर घरमा खानतलासी गर्ने, घेरा हाल्ने, परिवारका सदस्यलार्इ मानसिक यातना दिने जस्ता काम तिब्र पारेकाे भन्दै यसलार्इ राेक्न नेकपाले माग गरेकाे छ । यस्ता कार्य नराेकिए सरकारले त्यसकाे गम्भीर परिणाम व्यहाेर्ने चेतावनी पनि दिएकाे छ । नेकपाका प्रवक्ता प्रकाण्डले केही निरङ्कुश साेचका कर्मचारी र नेताहरुका कारण देशमा द्वन्द्व बढ्न लागेकाे बताए । उनले यसलार्इ सामान्य रुपमा नलिन पनि अाग्र गरेका छन् ।

Loading...