लिवाङ नजिकै महरा, सभामुख घर्ती र वर्षमान पुन चढेको गाडीमा २ वम प्रहार

काठमाडौं, १ मंसिर । राेल्पाकाे सदरमुकाम नजिकै माअाेवादी केन्द्रका नेताहरुमाथि वम प्रहार भएकाे छ । माअाेवादी नेताहरु कृष्णबहादुर महरा, सभामुख अाेनसरी घर्ती र वर्षमान पुन चढेकाे गाडीमा वम प्रहार भएकाे हाे ।

सदरमुकाम लिवाङ र सातदाेबाटाेकाे बीचमा पर्ने जंगलमा नेताहरु चढेकाे गाडीमा बम प्रहार भएकाे हाे । महरा, घर्ती र पुन फरक फरक गाडीमा चढेर गएका थिए । उनीहरु चढेकाे गाडीलार्इ लक्षित गरेर दुर्इवटा वम प्रहार भएकाे बताइएकाे छ ।

सदरमुकाम लिवाङमा वाम गठबन्धनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न उनीहरु जाँदै गर्दा सादोबाटो नजिककाे भदौरे जंगलमा उक्त बम प्रहार भएको हो । तर, वम नेताहरुकाे गाडीभन्दा १० मिटर टाढा परेकाे थियाे ।

नेताहरुसँगै रहेका उपराष्ट्रपति नन्दबहादुर पुनका प्रेस संयोजक मनोज घर्ती मगरले वमप्रहारबाट कुनै क्षति नभएको बताएका छन् । उनले नेताहरु राेल्पाकाे सुलिचाैरबाट लिवाङ जाँदै गर्दा याे घटना भएकाे जानकारी दिए । बम प्रहार भए लगत्तै प्रहरीले भदाैरे भीरमा घेरा हालेर बम प्रहार गर्ने अज्ञात समूहको खोजी गरिरहेको छ ।

Loading...