नेपाली चेलीले थाइल्याण्डमा देखाए यस्तो चमत्कार

काठमाडाैं ।नेपाली महिला क्रिकेट टाेलीले थाइल्यान्डमा चमत्कार देखाएकाे छ । थाइल्याण्डमा जारी थाइल्याण्ड वुमन्स ट्वेन्टी–ट्वेन्टी स्माश क्रिकेटमा नेपाली टोलीले लगातार चौथो जित निकाल्ने क्रममा यस्ताे चम्तकार देखाएकाे हाे । 

नेपाली टोलीले समूह चरणका सबै खेलमा जित हात पारेको छ । लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको नेपाली टोलीले बुधबार बिहान भएको समूह चरणको अन्तिम खेलमा थाइल्याण्ड ए लाई ९ विकेटले हराएको हो । पहिले ब्याटिङ्ग गरेको थाल्याण्ड ए ले नेपाल सामु २० रनको लक्ष्य प्रस्तुत गरेको थियो । निकै झिनो लक्ष्य नेपाली टोलीले मात्रै तीन ओभर तीन बलमा एक विकेटको क्षतिमा भेट्टायो ।

नेपालका लागि ममता चौधरीले ८, नेरी थापाले पाँच तथा डोली भट्टले दुई रन बनाए । पहिलो ब्याटिङ्ग गरेको थाइल्याण्ड ए ले १५ ओभर ४ बलमा मात्रै १९ रन बनाएर सबै विकेट गुमायो ।

Loading...