रक्सी मिसाएको कोकाकोला खुवाएर किशोरीलाई बलात्कार गर्ने पक्राउ

भद्रपुर, ३० पुस । कोकको बोतलमा रक्सी मिसाएर दुई युवकले भद्रपुरकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ।

घटनामा संलग्न दुई युवकमध्ये एकजनालाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको छ। अर्का एक फरार रहेको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका ४ फागुचोकका ३२ वर्षीय घरबहादुर लिम्बू र फरार भएकामा सोही ठाउँका २८ वर्षीय राजेश राजवंशी हुन्। राजवंशी भारतको सीमाना नजिकै भएकाले उतैतर्पm भागेको प्रहरी आशंका छ। उनको खोजी कार्य पनि पारिएको श्रेष्ठको भनाइ छ।

प्रहरीका अनुसार गत आइतबार दुईजना किशोरीलाई ती युवकले कोक खान जबरजस्ती गरेपछि किशोरीले पहिलेदेखि चिनजानको आधारमा उनीहरुको कुरा स्वीकार गर्दै कोक खाएका थिए। किशोरले गलत नियतले कोकमा रक्सी मिसाएको कुरा भने युवतीले पत्तो पाएनन्।

प्रहरीका अनुसार दुई किशोरी मध्ये एकलाई बढी नशा लागेको चाल पाएपछि युवकले नजिकैको जंगलमा लगेर बलात्कार गरेका हुन्। किशोरीलाई बेहोश बनाएर उनीहरु जंगलबाटै फरार भएका थिए।

साँझसम्म दुवै किशोरी घर नफर्केपछि परिवार खोजतलास गरेका थिए। बलात्कारबाट जोगिएकी किशोरी घर आएपछि बलात्कारको घटना सार्वजनिक भएको हो। परिवारले उक्त घटना थाहा पाएपछि महेशपुर प्रहरी चौकीमा जानकारी गराएका थिए।

परिवारले शुक्रबार प्रहरी कार्यालय झापामा किटानी जाहेरी दिएका थिए। उक्त किटानी जाहेरीकै आधारमा प्रहरीको लिम्बूलाई शनिबार भद्रपुर–२ स्थित डिगाउँबाट पक्राउ गरेको हो।

यता विराटनगरमा सञ्चालित एक सहकरी संस्थाबाट हुण्डीको कारोवार हुने गरेको पाइएको छ । हुण्डीका लागि प्रयोग भएको ६९ लाख रूपैयाँसहित प्रहरीले सहकारीबाटै तीन जनालाई पक्राउ गरेपछि हुण्डी कारोवार हुने गरेको खुलेको हो ।

आइतबार मोरङ प्रहरीले विराटनगर महानगरपालिका- ७ मा सञ्चालित आस्था नेपाल बहुदेश्यी सहकारी संस्थाका अध्यक्ष सहित तीन जना हुण्डी कारोवारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर महानपालिका -७ का ३२ वर्षीय राजेश हेडा, विराटनगर ११ का २५ वर्षीय सुमित साह र विराटनगर-१२ का ४१ वर्षीय दिपककुमार कर्ण रहेका छन् । पक्राउ परेका मध्ये हेडा सोही सहकारीका अध्यक्ष हुन् । कर्ण सहकारीको म्यानेजर हुन् । प्रहरीले सहकारीबाट ५९ लाख ७ हजार ६०० र पक्राउ परेका साहबाट ९ लाख ५० हजार रुपैयाँ बरामत गरेको छ ।

विराटनगरमा बचत तथा ऋणको कारोवार गर्दै आएको सहकारीमा आइतबार विहान प्रहरीले छापा मारेको थियो । छापा मार्ने क्रममा हुण्डीमा प्रयोग भएको रकमसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक ( डीएसपी) घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्ने मध्ये अध्यक्ष हेडा मुख्य हुण्डी कारोवारी हुन् । पक्राउ परेका तीन जनालाई थप राजस्व अनुसन्धान विभाग इटहरीमा पठाइएको श्रेष्ठले जानकारी दिए । विराटनगर ७ अस्पताल लाइनमा कार्यलय स्थापना गरेको संस्थाले बचत तथा ऋणको पनि कारोवार गर्दै आएको थियो ।

Loading...