‘समृद्धिको यात्रामा महिलाहरु पनि अगाडी बढ्नुपर्छ ’ – उपमेयर खड्गी

       
 काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड््गीले देशको समृद्धिको यात्रामा महिलाहरु पनि सशक्त रुपमा अगाडी बढ््नुपर्ने बताउनुभएको छ । गुण व्युटिसियन ट्रेनिङ सेन्टरको दशौं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा तीनकुने शाखाको उद््घाटन गर्दै उपमेयर खड््गीले सीप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो ।
खड््गीले घरको चुल्होमा मात्र सिमित नरही महिलाहरु पनि आफ्नै खुट्टामा उभिनुपर्नेमा जोड दिनुभयो । ‘आजका महिलाहरु भान्छा मात्रै होइन, देशलाई पनि सम्हाल्न सक्छन््’ उपमेयर खड््गीको भनाई थियो, ‘देशलाई समृद्धितर्फ डो¥याउनमा महिलाहरुको भूमिका पनि महत्वपूर्ण छ भन्ने कुरा प्रमाणित गरेर देखाइदिनुपर्छ । अब महिलाहरुले सीप सिकेर आर्थिक क्षेत्रमा पनि सशक्त बन्नुपर्छ ।’
गुण ब्युटिसियन ट्रेनिङ सेन्टरकी संचालक गुणकेशरी ताम्राकारले महिला दिदीबहिनीहरुलाई आफ्नो खुट्टामा उभिनसक्ने बनाउनु नै आफ्नो प्रमुख उद्देश्य भएको बताउनुभयो । आफुले ट्रेनिङ सेन्टरको शुरुवात व्यापार वा नाफाको उद्देश्यले नभई, महिलाहरुको उत्थानको उद्देश्यले गरेको ताम्राकारको भनाई थियो । यहि उद्देश्य अनुरुप आफुले एक दशक अगाडी ट्रेनिङ सेन्टरको शुरुवात गरेको र यसलाई अझ वृहत रुपमा अगाडि बढाउन एकेडमिको अवधारणामा तीनकुने शाखाको पनि शुरुवात गरेको उनले जानकारी दिनुभयो ।
‘आज पनि धेरै महिला दिदीबहिनीहरुले आर्थिक, सामाजिक समस्या भोगि नै रहेका छन््, सीप हातमा भयो भने, आफ्नै खुट्टामा उभिन सकिन्छ, आफ्नौ जन्मभूमिमै केही गर्न सकिन्छ’ ताम्राकारको भनाई थियो । दुईचार पैसा नाफाको लागी यस क्षेत्रमा विकृती बढेको भन्दै आफुकहाँ तालीम लिन आउने महिलाहरुलाई यस किसिमका विकृतीलाई निर्मूल गर्दै गुणस्तरीय सेवाको लागी आफुले प्रोत्साहित गर्ने गरेको ताम्राकारले जानकारी दिनुभयो ।

गुण व्युटिसियन ट्रेनिङ सेन्टरले आफ्नो दशौं वार्षिकोत्सवको अवसर पारेर तीनुकने शाखाको शुरुवात गरेको हो । विगतमा ट्रेनिङ सेन्टरबाट हेयर कटिङ, व्युटिसियनको साथमा व्युटि प्रोडक्टको बारेमा समेत तालीमहरु दिँदै आएको थियो भने अब तीनकुने शाखाबाट तालीमको साथमा हेयर कटिङ, मेकओभर लगायतका सेवा पनि प्रदान गर्ने जनाएको छ । एक दशक अगाडी ललितपुरको प्रयागपोखरीबाट शुरु भएको सेन्टर पछि गएर महापालबाट संचालन भइरहेको थियो भने अहिले तीनकुने शाखालाई एकेडमिको अवधारणामा संचालन गर्न लागेको सेन्टरकी संचालक ताम्राकारले बताउनुभएको छ ।
सेन्टरको दशौं वार्षिकोत्सव कार्यक्रमको व्यवस्थापन भने रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीले गरेको थियो ।

Loading...