राेल्पामा गोली प्रहारबाट तरुण दलका अध्यक्षकाे निधन

सुलिचाैर २४, राेल्पा ।  सुलिचौरमा गोली प्रहार वाट तरुण दलका नगर अध्यक्षको निधन भएको छ ।

सुनिल स्मृती गाउपालिका ४ सुलिचौर प्रहरी चौकि देखि अगाडि रहको स्थानमा गोली प्रहार भएको थियो । उहाको छाँतिमा २ वाया कोखामा एक राउण्ड गोली लागेको थियो । उहाको घटना स्थालमै ज्यान गएको प्रत्यक्ष दर्सिहरुले जनाएका छन ।

 

गाउपालीका ४ सुलिचौरमा भर्खरै संचालनमा आएको रेष्ट पोइन्ट रेष्टुरेन्ट एण्ड वारमा गोली चलेको हो । गोली कसले र किन चलाएको हो भन्ने वारेमा भने अहिलेसम्म आधिकारी जानकारी आएको छैन । अहिले थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय रोल्पा वाट प्रहरी प्रमुख डियसपी दिपक खड्गा सहितको टोली घटना स्थाल तर्फ लागेको रोल्पा प्रहरीले जनाएको छ ।

इलाका प्रहरी चौकी सुलिचौरले घटना घटाएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । मृतककाे शव अहिले प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा राखिएको छ ।

Loading...