फेसबुकमा प्रम ओलीको आलोचना गरी स्टाटस लेख्ने पक्राउ

काठमाडौं, ६ भदौ । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा भ्रम फैलाएको भन्दै प्रहरीले एक ब्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर, सुर्यबिनायक नगरपालिका वडा नं ३ का ४४ वर्षिय होमनाथ सिग्देल छन्।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सिग्देललाई बबरमहलबाट पक्राउ गरेको हो। उनले समाजमा भ्रमपुर्ण, नकारात्मक दृष्टिकोणले अफवाह फैलाउने काम गरेको प्रहरीको भनाई छ।

सिग्देलमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। सो ऐनको दफा ४७ बमोजिम विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्न व्यक्तिलाई एक लाखसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुने सक्नेछ।

Loading...