नेकपा नेता प्रेम दर्नालको कोठामा प्रहरी छापा, भाई गिरफ्तार

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका नेता प्रेम दर्नालको कोठामा प्रहरीले छापा हानेको छ ।  शनिबार बिहान ८ बजे ठुलाे संख्यामा कोठामा पुगेको प्रहरीले दर्नालका भाई प्रेमेश दर्नाललाई बिना कारण गिरफ्तार गरेको छ ।

प्रमेश नेकपासँग आबद्ध छैनन् । उनलाई ‘तेरो दाई कहाँ छ ?’ भन्दै अभद्र ब्यबहार गरेर प्रहरीले जबर्जस्ती आफ्नो भ्यानमा हालेको प्रत्यक्षदर्शीले बताए ।

दर्नालको कोठामा भएका समानहरु प्रहरीले यत्रतत्र पारेर गएको छ । यसअघि मंगलबारमात्रै प्रहरी नेकपा प्रवक्ता प्रकाण्डसहित ३ जनालाई चोभारबाट अपहरण शैलीमा गिरफ्तार गरेको थियो ।

Loading...