दोस्रो खेलमा पनि रुसको जित, दोस्रो जितपछि रुस दोस्रो चरणमा जाने पक्का

इजिप्टलार्इ दोस्रो खेलमा पराजित गर्दै रसिया विश्वकपको अन्तिम १६ को नजिक पुगेको छ। मंगलबार भएको खेलमा रसियाले इजिप्टलार्इ ३-१ गोलअन्तरले पराजित गरेको हो।

उद्घाटन खेलमा रसियाले साउदी अरेबियालार्इ ५-० गोलअन्तरले पराजित गरेको थियो। इजिप्टको भने यो लगातार दोस्रो हार हो। यसअघि उ उरुग्वेसँग १-० गोलअन्तरले पराजित भएको थियो।

रसियाले ४७अौं मिनेटमा इजिप्टका अहमद फादीको अात्मघाती गोलबाट सुरुवाती अग्रता पाएको थियो। रोमन जोबनिनको सटमा फादीले अाफ्नै पोस्टमा गोल गरेका थिए।

मारिया फर्नान्डेजको पासमा ५९अौं मिनेटमा डेनिस चेरिसेभले दोस्रो तथा ६२अौं मिनेटमा अर्टिम ड्ज्युबाले रसियाका लागि तेस्रो गोल गरेका थिए।

गत मे अन्तिम हप्ता भएको च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका मोहम्मद सलाह पहिलो चोटी मैदान उत्रेका थिए। उनले पेनाल्टीमार्फत इजिप्टका लागि ७३अौं मिनेटमा गोल गरेपनि त्यो प्रर्याप्त भएन।

मोहम्मद सलाह इजिप्टका लागि विश्वकपमा गोल गर्ने तेस्रो खेलाडी बनेका छन। यसअघि १९३४ मा अब्दिलरहमेन फाउजीले २ तथा १९९० मा म्याग्दी इल घानीले एक गोल गरेका थिए।

बुधबारको खेलमा साउदी अरेबियाले उरुग्वेलार्इ पराजित गरेमा रसिया अन्तिम १६ मा प्रवेश गर्नेछ भने इजिप्ट प्रतियोगिताबाट बाहिरिनेछ।

रसियाले १९९६ पछि पहिलो पटक विश्वकपमा लगातार सुरुवाती २ खेल जितेको हो। सुरुवाती २ खेलमा ८ गोल गर्ने कीर्तिमानको बराबरी अायोजकका नाताले रसियाले इटालीसँग गरेको छ। १९३४ मा इटालीले विश्वकप अायोजना गर्दा सुरुवाती २ खेलमा ८ गोल गरेको थियो।

पछिल्लो पटक २००२ र २०१४ को विश्वकप खेलेको रसियाले दुबै विश्वकपमा जम्मा ६ गोलमात्रै गर्न सकेको थियो तर यस विश्वकपमा भने २ वटा खेलमै त्यसलार्इ उछिनेको छ।

Loading...