आज इच्छुकको १६ औं स्मृति दिवस, शान्तिबाटिकाबाट प्रभातफेरी

काठमाडौं, १३ जेठ ।

पत्रकार कृष्ण सेन ‘इच्छुक’ को आज स्मृति दिबस । सहिद सेनको सम्झनामा आज क्रान्तिकारी पत्रकार संगठन, नेपालले देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेको छ ।

क्रान्तिकारी पत्रकार संगठन, नेपाल र क्रान्तिकारी पत्रकार महासंघ र अखिल नेपाल जनसाँस्कृति महासंघले संयुक्त आयोजनामा अहिले विहान ७ बजे शान्तिबाटीबाट प्रभातफेरीको आयोजना गर्दैछन् । र्याली सेनको हत्या गरिएको भृकुटिमण्पस्थित नेपाल पुलिस क्लब अगाडि आएर कोणसभामा परिणत हुनेछ ।

क्रान्तिकारी पत्रकार संगठन नेपाल लुम्बिनी ब्यूरोले बुटवलस्थित नेपाल पत्रकार महासंघका सभाहलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । सेनको सम्झनामा प्रकाशित जनदायित्वको विमोचन समेत हुनेछ ।

त्यसैगरी क्रान्तिकारी पत्रकार संगठन नेपाल मकवानपुरले हेटौडामा पनि विशेष कार्यक्रमको आयोजना गरेको छ । सेनको सम्झनामा स्थापना गरिएको कृष्ण सेन ‘ईन्छुक’ पत्रकारिता पुरस्कार वितरण र ‘फोन डायरी’ समेत विमोचन गरिने क्रान्तिकारी पत्रकार संगठन नेपाल कमवानपुरले जनाएको छ । कार्यक्रम विहान ९ बजे होटल लिडो इन हेटौंडामा अायोजना गरिएको छ ।

२०५९ जेठ १३ गते प्रहरीले गिरफ्तार गरी चरम यातना दिएर तत्कालिन महेन्द्र पुलिस क्लवभित्रै हत्या गरेको थियो । आज १६ पुग्दा समेत इच्छुकका हत्यारालाई कारवाही भएको छैन ।

तत्कालिन जनयुद्धको नेतृत्वकर्ताहरुले नै पटक पटक सरकारको नेतृत्व गरिसक्दा समेत इच्छुकका हत्यारा सानका साथ हिडिरहेका छन् ।

Loading...