बरिष्ठ डा. उपेन्द्र देवकोटाकी छोरी अपहरण गर्ने मुख्य योजनाकारलाई दिइयाे यस्तो सजाय

काठमाडौ‌, १३ बैसाख ।

वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटाको छोरी मेघाको अपहरण प्रकरणमा दोषी राजु थापालाई १७ वर्ष कैद सजायको फैसला भएको छ । उच्च अदालत पाटनले थापालाई अपहरणको मुख्य दोषी ठहर गर्दै १७ वर्ष कैद र २६ लाख २३ हजार ५१९ रुपैंया जरिवाना गर्ने फैसला गरेको हो ।

न्यायाधीशद्वय विनोदमोहन आचार्य र कृष्णबहादुर थापाको संयुक्त इजलासले बुधबार अपहरणमा ११ वर्ष र डाकातर्फको आरोपमा थप ६ वर्ष कैद फैसला गरेको हो । यसअघि काठमाडौं जिल्ला अदालतले थापालाई ११ वर्ष कैद र एक लाख ७५ हजार रुपैंया जरिवाना गरेको थियो ।

देवकोटाकी छोरी अपहरणमा गोकुल राजेश क्षेत्री उपनामका गिरी गिरीसहित, केशव दर्लामी र राजु थापालगायत संलग्न थिए ।

यो समूहले ०६५ को भदौमा डा. देवकोटाकै घरबाट उनकी छोरी मेघालाई अपहरणसँगै घरमा डकैतीसमेत गरेको थियो । त्यो बेला देवकोटाको घरबाट डेढ करोड बराबरको डकैती गरेका उनीहरूले एक करोड ३० लाख रुपैयाँ फिरौती लिएर मुक्त गरेका थिए ।

डा. देवकोटाकी छोरीलाई ललितपुरको एक घरमा बन्धक बनाएर उनीहरूले फिरौती लिन सफल भएका थिए । अन्नपूर्ण पोस्टमा खबर छ ।

Loading...