छुट्टिन हो की एक हुन ? एउटै मञ्चमा उभिने भए ओली र प्रचण्ड

काठमाडौं, ९ बैसाख ।

कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आइतबार एमाले–माओवादी केन्द्रले संयुक्त कार्यक्रम गर्दै छन् ।

यसअघि आजकै दिनमा पार्टी एकता गर्ने सहमति गरेका एमाले –माओवादीले तत्काल एकता नहुने भएपछि संयुक्त कार्यक्रम गर्न लागेका हुन् । एकताको सन्देश दिने र कार्यकर्तामा रहेको अन्योल चिर्ने उद्देश्यसहित अपराह्न राष्ट्रिय सभागृहमा दुई पार्टीले पहिलोपटक स्थापना दिवस संयुक्त रूपमा मनाउन लागेका हुन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली तथा माओवादी अध्यक्ष प्रचण्डको विशेष उपस्थितिमा कार्यक्रम हुँदैछ ।

Loading...