ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि स्थानीयद्वारा आक्रमण, अवस्था तनावग्रस्त

काठमाडौं, ८ बैसाख ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका मेयरमा मदनसुन्दर श्रेष्ठमाथि आक्रमण भएको छ । शनिबार साँझ करिब ६ बजेतिर श्रेष्ठमाथि गठ्ठाघरस्थित उनकै घर अगाडी स्थानीयले आक्रमण गरेका हुन् ।

घटनास्थलबाट प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार भ्रष्ट मेयर भन्दै स्थानीयहरुले उनी सवार गाडीमाथि तोडफोड समेत गरेका छन् ।

नगरपालिकाको बिकास होस् भनेर भोट दिएर जिताउदा समेत आफ्नो र आफ्नो पार्टीको पेट पाल्ने काम गरेको भन्दै स्थानीयले जनकारवाही गरेको बताएका छन् ।

एमालेबाट मेयर बनेका श्रेष्ठले भ्रष्ट्राचार मात्रै गरेर जनताले तिरेको करको दुरुपयोग गरेको र बिकाशका नाममा कुनैपनि उल्लेख कार्य नगरेको स्थानीयको आरोप छ ।

आक्रमणबाट श्रेष्ठ]को गाडीमा क्षति पुगेको छ भने उनको अवस्थाबारे केहि जानकारी प्राप्त भएको छैन । उनीमाथि आक्रमण भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

घटनाबारे थप बिबरण आउन बाकीं छ ।

Loading...