अखिल क्रान्तिकारीकाे २१ अाैं राष्ट्रिय सम्मेलनका एेतिहासिक झलकहरु

काठमाडौं, २७ फागुन । अखिल (क्रान्तिकारी) काे २१ अाैं राष्ट्रिय सम्मेलन दाङमा अाइतबारबाट सुरु भएकाे छ । नेपाल कम्युनिस्ट पार्टीकाे विद्यार्थी संगठन क्रान्तिकारीले यस सम्मेलनबाट नयाँ नेतृत्व चयन गर्नुका साथै शैक्षिक परिवर्तनका लागि सशक्त अान्दाेलन गर्ने खाका तयार गर्ने जनाएकाे छ । 

दाङको घोराहीमा अायाेजित सम्मेलनका उद्घाटन शत्रमा नेकपाका स्थायी समिति सदस्य सन्ताेष बुढा मगरले गरेका हुन् । ‘वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ संगठनका लागि २१औं राष्ट्रिय राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ सुरु भएकाे सम्मेलनमा देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरु घाेराही पुगेका छन् । उद्घाटन अघि विद्यार्थीहरुकाे र्याली निकालिएकाे थियाे । र्यालीले घाेराही बजार परिक्रमा गरी उद‍घाटन स्थलमा पुगेकाे थियाे । 

सम्मेलनमा देशभरबाट करिब १५ हजार बढी विद्यार्थीहरुको भव्य उपस्थिति रहेको बताइएकाे छ । आइतबार सुरु सम्मेलनको बन्दसत्र सोमबार बिहानदेखि मात्रै सुरु हुनेछ । तीन दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्वको चयन गर्नेछ ।

यसअघि विद्यार्थीकाे सम्मेलन अगाडि नै विभिन्न ठाउँमा धरपकड गरेकाे थियाे । संगठनका महासचिव दीपेन्द्र चलाउनेलाई फागुन ११ गते काठमाडौंबाट प्रहरीले गिरफ्तार गरी अहिलेसम्म पनि हिरासतमा राखिएको छ । उनलार्इ अहिलेसम्म पनि काठमाडाैंकाे कमलपोखरीस्थित प्रहरी वृत्तको हिरासतमा राखिएकाे छ । 

उद्घाटन शत्रमा सामाना सांस्कृतिक परिवारले सांस्कृतिक प्रस्तुति दिएकाे थियाे । 

Loading...