वर्षमानलार्इ रिझाउन प्रचण्डलार्इ धाै धाै, प्रतिस्पर्धी धेरै भएपछि अाफ्नाे भागमा अाएकाे सभामुख एमालेलार्इ दिने तयारी

काठमाडौं, २५ फागुन । नेकपा माओवादी केन्द्रमा अहिले विभिन्न पदहरुमा धेरैकाे दावी भएपछि सर्वसम्मत निर्णय गर्न धाैधाै परेकाे छ । खासगरी कृष्णबहादुर महरा, शक्ति बस्नेत, जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणी पाेखरेल र पम्फा भुषालकाे व्यवस्थापन प्रचण्डका निम्ति चुनाैती नै बनेकाे छ ।

यी सबै नेताहरु सुरुमा सरकारमा मन्त्री बनेर जान खाेजेपछि प्रचण्डलार्इ अप्ठेराे परेकाे थियाे । मन्त्रीकाे सङ्ख्या निकै कम र त्यसमा पनि महत्वपूर्ण शक्तिशाली मन्त्रालय थाेरै भएपछि प्रचण्डलार्इ उनीहरुकाे व्यवस्थापन गर्न कठिनार्इ पर्याे । उपप्रधानमन्त्री नराख्ने भनेपछि त झन अर्काे समस्या पर्याे । अन्तत: गृहमन्त्रालयमा रामबहादुर थापा बादललार्इ पठाउन प्रचण्ड सफल भए तर वर्षमान र महराले अर्काे ठाउँमा पनि दावी गरे । अहिले उनीहरु दुबैले पार्टीकाे काेटामा परेकाे सभामुख पदमा दावी गरेका छन् । दुबैले दावी गरेपछि केहीले विकल्पमा अाेनसरीलार्इ नै ल्याउनुपर्ने माग पनि गरेका छन् । यदि दुबै जनाले अडान नछाडेमा सभामुख एमालेलार्इ नै दिएर सुवासचन्द्र नेम्वाङलार्इ ल्याउने तयारी पनि प्रचण्डले भित्रभित्रै गरेकाे चर्चा छ । 

माअाेवादी केन्द्रकाे केन्द्रीय कार्यालय स्राेतका अनुसा प्रचण्डले सकेसम्म नेता कृष्णबहादुर महरालाई सभामुखमा पठाउन खाेजेका छन् । बरु,  वर्षमान पुनलाई पार्टीको जिम्मेवारी दिएर पनि उनी महरालार्इ सभामुख बनाउने तयारी गरिरहेका छन् । प्रचण्डले वर्षमानलार्इ अहिले पार्टीमा भूमिका खेल्न भन्दै फकाइरहेकाे स्राेतकाे दावी छ । एमालेसँग पार्टी एकीकरण प्रक्रिया जारी रहेकोले पुनलाई त्यसमा भूमिका निर्वाह गर्ने क्षमता वर्षमानसँग रहेकाे भन्दै उनी फकाउँदैछन् । 

‘महराजीलाई सभामुख र वर्षमानजीलाई पार्टीको जिम्मेवारी दिने योजनामा अध्यक्षज्यू हुनुहुन्छ,’ दाहालनिकट स्रोतले भन्यो, ‘मुख्यतः एमालेसँग एकीकरणको सवालमा मिलाउनुपर्ने काम अध्यक्षको निर्देशनअनुसार वर्षमानजीले मिलाउन सक्ने भएकाले यस्तो योजना बनेको हो ।’ पार्टी एकीकरण प्रक्रियाका कामकारबाहीमा वर्षमान भएपछि सहज हुने प्रचण्डले पार्टीमा भन्दै अाएका पनि छन् । 

यसअघि पनि दाहालले एमालेसँग हुने पार्टीको काममा नेता पुनलाई नै अघि बढाउँदै आएका थिए । एमालेसँग भागबन्डा लगायतका काममा अध्यक्ष दाहालले पुनलाई नै अघि सार्दै आएका छन् । पछिल्लो समय गृहमन्त्री बन्न इच्छुक भए पनि नपाएपछि पुन ऊर्जामा जान सहमत भएका थिए तर दाहालले उनलाई तत्काल सरकारमा नपठाई पार्टी एकीकरण प्रक्रियामा खटाउने योजना बनाएका हुन्। 

आगामी पाँच वर्ष प्रतिनिधिसभा चलाउनुपर्ने भएकाले एमालेसँग ‘सिनियर’ नेतालाई सभामुख बनाउनुपर्ने छलफल भएपछि दाहालले महरालाई पठाउने योजना बनाएका हुन् । त्यसका लागि महरा सहमत भइसकेको स्रोतले बतायो । अघिल्लो पटक माओवादीबाट ओनसरी घर्तीमगरले सभामुखको जिम्मेवारी सम्हालेकी थिइन् । एमालेले राष्ट्रपतिमा विद्या भण्डारीलाई दोहोर्‍याएपछि माओवादीमा पनि घर्तीमगरलाई दोहोर्‍याउने चर्चा चलेको थियो।

यस्तै भागबन्डामा परेका मन्त्रालयमा पनि शीर्ष नेतालाई नै पठाउने तयारी माओवादीको छ । राष्ट्रपति र सभामुखको निर्वाचन सम्पन भएपछि मात्रै केपी ओली नेतृत्वको सरकार विस्तार गर्ने योजना छ । अध्यक्ष दाहालले प्रभावशाली नेतृत्वलाई सरकारमा पठाएर प्रभावकारी काम गर्ने योजना बनाएका छन्।

गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, जनार्दन शर्मामध्ये दुईजना सरकारमा जाने पक्का भएको स्रोतले बतायो । यसैगरी पम्फा भुसाल, बिना मगर, अमनलाल मोदी पनि सरकारमा जाने चर्चा छ । पार्टी प्रवक्ता पम्फा भुसालले सभामुख र मन्त्रीको चयन गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएकाले तत्काल भन्न नसक्ने बताइन् । ‘मन्त्री चयन गर्ने जिम्मा पार्टीको बैठकले अध्यक्षलाई दिएको छ, अध्यक्षले जसजसलाई पठाउनुहुन्छ, उहाँहरु नै मन्त्री बन्नुहुनेछ’, भुसालले नागरिकसँग भनिन्, ‘तर सभामुख भने भोलि (शुक्रबार) नै टुंगो लगाउने सोचमा छौं।’

माओवादी केन्द्रले गृह मन्त्रालयको जिम्मेवारीमा रामबहादुर थापा र उद्योग मन्त्रालयको जिम्मेवारीमा मातृकाप्रसाद यादवलाई मन्त्री बनाएर पठाइसकेको छ । भागबन्डाअनुसार अब माओवादीले पाँच मन्त्रालयमा मन्त्री पठाउन बाँकी छ । सभामुख र मन्त्रीका विषयमा छलफल गर्न अध्यक्ष दाहालले शुक्रबार केन्द्रीय कार्यालय सचिवालयको बैठक बोलाएका छन्।

Loading...