काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका छन्। शनिबार बिहान रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन घन्टा वार्ता गरेर वाशिङटन फर्कँदै गर्दा ट्रम्पले एयरफोर्स वान बाटै जेलेन्स्कीसँग टेलिफोन संवाद गरेका हुन्। ट्रम्पले विमानबाटै जेलेन्स्की र नेटो आबद्ध युरोपेली नेताहरूसँग संवाद गरेको ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले जानकारी दिएकी छन्। […]
भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु
हेटौंडा । मकवानपुरको भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु भएको छ । आज शनिबार बिहान पौने ६ बजेको समयमा एक्कासी बिरामी भएका चितवनका ४३ वर्षीय विष्णुप्रसाद दुलालको उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख सुवास पौडेलले बताए । उनलाई ६ : ५५ मिनेटमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जेलर पौडेलले […]
रवि लामिछानेलाई आज दिउँसोको फ्लाइटबाट काठमाडौं ल्याइँदै
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर आज दिउँसो काठमाडौं ल्याइँदै छ । बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो […]
प्रगतिको पथमा प्रतिभा ः विश्व नेपाली साहित्य महासङ्घ
गत बुधवार, विश्व नेपाली साहित्य महासङ्घ ललितपुर शाखाको आयोजनामा र इन्द्रावती छात्रावास काठमाडौंको सह-आयोजकत्वमा “प्रगतिको पथमा प्रतिभा” शिर्षकमा कार्यक्रम सम्पन्न भयो । कार्यक्रम छात्रावासका छात्राहरूको प्रतिभा विकासलाई लक्षित गरी आयोजना गरिएको थियो । यस कार्यक्रममा छात्राहरुले आफ्नोे प्रतिभा प्रस्तुत गर्ने मौका पाएका थिए । कार्यक्रम छात्रा रन्जिता राम्तेलले संचालनगरेकी थिइन् । छात्राहरुले आफ्नोे कविता, कथा, […]
साहित्यिक पत्रकार संघद्वारा पाँच सिर्जनकर्मी अभिनन्दित
साहित्यिक पत्रकार सङ्घ (सापस)ले ५४ औं स्थापना दिवसको उपलक्ष्यमा साउन २९ गते आयोजित एक विशेष कार्यक्रममा पाँच जना विशिष्ट सिर्जनकर्मीहरूलाई अभिनन्दन गरेको छ । अभिननन्दित हुनेहरूमा वरिष्ठ साहित्यकार पुष्कर लोहनी, कवि एवम् अभियन्ता भीम उदास, नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द, वरिष्ठ चित्रकार एवम् कला समीक्षक मुकेश मल्ल र वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ हुन् […]
जनताले लडेर ल्याएको लोकतन्त्रलाई लुटतन्त्र बनाउन खोजिएको माओवादी नेता मल्लको आरोप
काठमाडौँ । युवा नेता एवं प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रमेश मल्लले जनताले लडेर ल्याएको लोकतन्त्रलाई लुटतन्त्र बनाउन खोजिएको आरोप लगाएका छन् । उनले सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गर्दै सो आरोप लगाएका हुन् । न्यायपालिका र नियमनकारी निकायमा चरम दलियकरण देखिएको उनको दावी छ । “निर्देशित अभियोजन, निर्देशित निर्णय र निर्देशित फैसलाबाट […]
श्रीकृष्णको पूजा–आराधना गरी आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै
काठमाडौं । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । […]
कमजोर बन्दै मनसुन, आज यी ठाउँमा छ वर्षाको सम्भावना
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुनको अवस्था कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पहाडी भूभागमा साधरणतया रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। सबै प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा तथा कोशी प्रदेश र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]
पुटिनसँगको वार्तापछि ट्रम्प : युद्धविरामको जिम्मा अब जेलिन्स्कीको हातमा, त्रिपक्षीय बैठकको तयारी
अलास्का । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामको जिम्मेवारी अब युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलिन्स्कीको हातमा रहेको बताएका छन्। शुक्रबार अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले चाँडै नै आफू, पुटिन र जेलिन्स्कीबिच त्रिपक्षीय बैठक हुने संकेत गरे। ‘अब यो पूरा गर्ने जिम्मा राष्ट्रपति जेलिन्स्कीको हो,’ ट्रम्पले भने, ‘हामीले जेलिन्स्की, पुटिन र मलाई समेट्ने […]
चाँगुनारायणको दुवाकोटस्थित गोल्डेन सुनगाभामा शैक्षिक प्रदर्शनी, ढिकीदेखि रोबोटसम्म
भक्तपुर । चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कुलका विद्यार्थीहरूले शुक्रबार शैक्षिक प्रदर्शनीमार्फत आफ्ना विविध प्रतिभा प्रस्तुत गरेका छन्। विद्यालयमा भएको ‘शैक्षिक प्रदर्शनी’मा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरूले गणित, सामाजिक अध्ययन, कम्प्युटर, विज्ञान र पोषण (न्यूट्रिसन) जस्ता विषयसँग सम्बन्धित सिर्जनात्मक सामग्रीहरू प्रस्तुत गरेका हुन् । प्रदर्शनीमा ढिकी, जाँतो, ठेकी, मदानी, खुकुरीजस्ता परम्परागत प्रविधिदेखि लिएर चालकविहीन […]











