राहत प्याकेज बिना संकटग्रस्त क्षेत्र घोषणा सरकारको नालायकी : प्रभु साह

कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने तर राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन भएको टिप्पणी गरेका छन् ।  बाराको कलैया स्थित उधोग बाणिज्य संघको सभाहलमा आजपाद्धारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले राहत प्याकेज बिना सुख्खाक्षेत्र घोषणाले पीडितलाई झन पीडित […]

मुख्यमन्त्री लामाले आज राजीनामा दिँदै

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज पदबाट राजीनामा दिने तयारी गरेका छन् । मुख्यमन्त्री लामाको राजीनामा आजै आउने भएपनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा काठमाडौँमा उपचाररत रहेकाले प्रक्रिया केही ढिला हुनसक्ने देखिएको छ । प्रदेश प्रमुख देवकोटा हेटौँडा फर्किएपछि मुख्यमन्त्रीले राजीनामा बुझाउने तयारी छ । तर उहाँ समयमै नफर्किए राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा […]

सुनको मूल्य तोलामा ३४०० रुपैयाँ बढ्यो

काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा साताको कारोबारको पहिलो दिन सुनको मूल्य ३४०० रुपैयाँ वृद्धि भएको हो । महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । जवकि शुक्रबार तोलामा १ लाख ९३ हजार १०० रुपैयाँ कायम […]

आइतबार यी नदीमा आकस्मिक बाढीको जोखिम उच्च

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ। यसले गर्दा देशभर साधारणतया बदली रहेको छ । मधेस प्रदेशका केही स्थानहरू तथा कोशी , बागमती, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज बिहानको मापन अनुसार कोशी, […]

८ दशकपछि “संगीत प्रवेशिका” पुस्तकको चर्चा

काठमाडौं, १७ साउन । साहित्यिक पत्रकार संघले आज संगीत साधक परशुरामभक्त माथेमाद्वारा २००३ सालमा लिखित पुस्तक “संगीत प्रवेशिका” माथि परिचर्चा कार्यक्रमको आयोजना गर्‍यो। कार्यक्रम जेभिएर एकाडमी, लाजिम्पाटमा सम्पन्न भयो। कार्यक्रममा संघले चर्चित युवा संगीतकार राजु सिंहलाई पहिलोपटक प्रदान गरिएको “परशु-चन्द्र संगीत सम्मान” बाट सम्मानित गर्‍यो। सम्मान पूर्वराजदूत केदारभक्त माथेमाले प्रदान गरेका थिए। साहित्यिक पत्रकार संघका […]

अब प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैं तोक्नसक्ने, पाए अधिकार

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैं तोक्ने अधिकार पाएका छन् । संघीय संसद्ले प्रचलित ऐनलाई संशोधन गरेर प्रधानमन्त्री र मन्त्रीहरूको तलब तोक्ने अधिकार मन्त्रिपरिषद्लाई दिएको हो । संघीय संसद्‍बाट पारित भएर गएको ‘केही नेपाल ऐन संशोधन विधेयक’ राष्ट्रपति रामचन्द्र पौडेलले यही साउन १४ गते प्रमाणीकरण गरेका छन् । विधेयक प्रमाणीकरण भएसँगै प्रधानमन्त्री र […]

विद्यालोक धरान ग्रन्थको भव्य लोकार्पण समारोह सम्पन्न

प्रवेशिका परीक्षा समूह— २०२५, धरानद्वारा प्रकाशित विद्यालोक धरान ग्रन्थको लोकार्पण भएको छ । प्रधान सम्पादक खेमनाथ दाहाल एवं सम्पादक रमेश दाहालद्वारा सम्पादित उक्त ग्रन्थलाई नेपाली वाङ्मयमा शीर्ष स्थान कायम गरेका वरिष्ठ गीत÷साहित्यकार श्री कालीप्रसाद रिजालको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको थियो । प्रकाशन व्यवस्था समितिका संयोजक श्री भुपेन्द्र कार्कीद्वारा उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत मन्तव्यमार्फत स्वागत गरिएको […]

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालन, ओपिडीमा शुल्क नलाग्ने

काठमाडौ । केही समयदेखि स्थगनमा रहेको घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले एक विशेष समारोहबीच यसको औपचारिक उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले अस्पतालको पुनः सञ्चालनलाई स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको क्षेत्रमा एक सकारात्मक र स्वागतयोग्य कदमको रूपमा […]

जहाज उड्न थालेपछि आत्तिएका व्यक्तिलाई सँगै बसेका यात्रुले थप्पड हानेपछि….

मुम्बई । भारतमा उडानका क्रममा जहाजभित्रै एक यात्रुले सँगै बसेका अर्का यात्रुलाई थप्पड हानेका छन्। मुम्बईबाट कोलकाता उडेको इन्डिगो एयरलाइन्सको फ्लाइट ६ ई१३८ मा एक यात्रुले छेउमा बसेका यात्रुमाथि थप्पड हानेका हुन्। उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। थप्पड खाने व्यक्ति असमको कछार जिल्लाको काटिगोरा क्षेत्रअन्तर्गत लाथिमारा गाउँका ३२ वर्षीय हुसैन अहमद मजूमदार भएको खुलेको […]

कांग्रेसका सहमहामन्त्री भन्छन्- पटकपटक मन्त्री बन्न पाइदैन, अब नयाँलाई दिनुपर्छ

भक्तपुर । सत्तारूढ दल नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी दलगत राजनीतिमा फर्कन नहुने नेपाली कांग्रेसको धारणा रहेको बताएका छन् । यसबारे कांग्रेसले कुनै लिखित निर्णय नगरे पनि यो नै आधिकारिक धारणा भएको उनको भनाइ छ । शनिवार पार्टीको सूर्यविनायक नगरपालिकाको तेस्रो सम्मेलन उद्घाटन गर्दै उनले भने, “पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा नफर्कन […]