दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौं । दुर्गा प्रसाईंलाई दुईवटा मुद्दामा धरौटीमा छाड्न उच्च अदालत, पाटनले आदेश गरेको छ । १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्न आदेश भएको हो । उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले उनलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको हो । उनी तत्काल निर्दोष […]

कक्षा १२ को नतिजा प्रकाशित : ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ । कक्षा १२ को नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । बोर्डका अनुसार ३८.८३ विद्यार्थीको एनजी(ननग्रेड) आएको छ । कक्षा १२ को परीक्षा गत वैशाख २१ गते देखि सञ्चालन गरिएको थियो ।परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ […]

विप्लव नेकपासँग एकता गर्ने माओवादी केन्द्रको निर्णय, रोकेको अभियान भदौ १५ बाट सुरु हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकता एकता गर्ने सहमति गरेको छ । मंगलबार पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो जानकारी दिए । उनले वार्ता टोली बनाएर एकताको छलफल थाल्ने निर्णय पनि भएको छ । ‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने […]

बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँले गरे दाबी पेस

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । सोमबार सत्ता गठबन्धन दल नेकपा एमाले र कांग्रेसको समर्थनमा नेता बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा संसदीय दलको पत्रसहित उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रदेश प्रमुख कार्यालयले सोमबार एक […]

बागमतीमा नयाँ मुख्यमन्त्रीका लागि मंगलबार २ बजे भित्र दाबी पेस गर्न आह्वान

मकवानपुर । बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । आइतबार बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सोमबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री लामाको संविधानको धारा १६९ को उपधारा १ को खण्ड (क) […]

कक्षा १२ को नतिजा आउँदै, आज ५ बजे बोर्ड बैठक

भक्तपुर । सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशनको अन्तिम तयारेर गरिरहेको छ । १२ को परीक्षाफल आज साँझ सार्वजनिक गर्नेगरी तयारी गरिरहेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जनाएका छन्  परीक्षा प्रकाशनका लागि सोमबार साँझ ५ बजेलाई बोर्ड बैठक डाकिएको बताइएको छ । परीक्षा तालिका अनुसार १५ साउनभित्रै नतिजा सार्वजनिक गर्नुपर्ने भएपनि भए गत […]

कुलिङ पिरियड छानबिन समितिमा रस्साकस्सी जारी

काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको बैठक बिहान ७ बजेदेखि जारी छ । कुलिङ पिरियडको प्रावधान राख्ने गरी भएको सहमति निष्क्रिय हुने भाषासमेत निजामती विधेयकमा परेको विषयमा समिति सदस्यहरू कसलाई जिम्मेवार ठहर्‍याउने भन्ने छलफलमा छन् । छलफलमा प्रतिपक्षले राजनीतिक नेतृत्व समेत जोडिएकाले त्यसअनुसार कारबाही सिफारिस हुनुपर्ने अडान राखेको छ […]

अचम्मलाग्दो तमन्नाको सौन्दर्य सेक्रेट

मुम्बई, न्यूजकारखाना । आफ्नो प्राकृतिक सौन्दर्यका कारण चर्चामा रहने अभिनेत्री हुन् तमन्ना भाटिया । हालै एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो ब्यूटी सेक्रेट  सेयर गरेकी छिन्, जुन सुनेर धेरै मानिसहरु छक्क परेका छन् । तमन्ना भाटिया चलचित्र जगतको एउटा ठूलो नाम हो । हिन्दी चलचित्रका साथसाथै उनले तमिल र तेलुगु चलचित्रमा पनि काम गरिसकेकी छिन् र […]

हलेसी दर्शन गरेर सिराहा फर्किँदै गरेको गाडी दुर्घटना, १ जनाको मृत्यु

सिराहा । खोटाङको हलेसी दर्शन गरेर सिराहा फर्किँदै गरेको गाडी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएको प्रहरीले जनाएको छ । सिराहाको नरहा गाउँपालिका–५ ,३ र २ नम्बर वडाका १७ जना हलेसी दर्शन गरी फर्किँदै गरेको प्र २–०–१–००१ ज ००५३ नम्बरको विङ्गर गाडी […]

प्रचण्डले जवाफ दिएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज सकिँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (सोमबार) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफसँगै समापन हुने तयारी छ। शुक्रबारदेखि सुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ। बैठकमा स्थायी कमिटी सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ अध्यक्ष प्रचण्डले दिनेछन्। प्रचण्डको जवाफअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङले पनि आ-आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम […]