रास्वपा समानुपातिक उम्मेदवारको सूचीबाट नाम हटाउन कुसुमले दिइन् निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सांसद उम्मेदवारको सूचीमा रहेकी कुसुम महर्जनले आफ्नो नाम हटाइदिन निवेदन दिएकी छन् । महर्जनले दिएको निवेदनमाथि आज रास्वपाले छलफल गर्दैछ । आज दिउँसो ३ बजे पार्टी कार्यालय बनस्थलीमा बस्ने सचिवालय बैठकमा उनको निवेदनमाथि निर्णय हुनेछ । महर्जन यसअघि ०७९ को निर्वाचनमा रास्वपाको समानुपातिक सूचीको आदिवासी जनजाति कलस्टरमा छिन् […]

प्रतिनिधिसभा बैठक बस्दै, वैकल्पिक वित्त परिचालन विधेयक पारित गरिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठम आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ पारित गर्ने कार्यसूची छ । त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले उक्त विधेयक सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । विधेयकमाथि प्राप्त भएका संशोधन […]

बागमतीको मुख्यमन्त्रीमा बानियाँको नियुक्ति आज, ४ बजे सपथ

हेटौंडा । बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुँदैछन् । कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् । बहादुर सिंह लामाको राजीनामा स्वीकृत भएलगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि […]

कुलिङ पिरियड छानबिन समितिमा सहमति, प्रतिवेदन पारित

काठमाडौं । कुलिङ पिरियडको गडबडी छानबिन गर्न बनेको संसदीय विशेष समितिमा सहमति जुटेको छ । लामो छलफलपछि समितिमा सहमति जुटेपछि प्रतिवेदन पास भएको छ । आइतबारदेखि सोमबारसम्म लगातार छलफल हुँदा पनि सहमति नभएपछि रातभर छलफल भएको थियो । रातभरको छलफलपश्चात आज बिहान ४ बजे सर्वसम्मत रुपमा प्रतिवेदन पारित भएको हो । सहमति भएपछि छानबिन समितिका […]

आजको मौसम : यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। जसको प्रभावले हाल देशभर अधिकांश बदली रहेको छ । कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर अधिकांश बदली रहनेछ […]

२८ लाख धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । सोमबार उच्च अदालत पाटनको माग बमोजिम दुई मुद्दामा २८ लाख धरौटी रकम बुझाउँदै उनी रिहा भएका हुन् । सोमबार उच्च अदालत पाटनले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख र बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाशीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको […]

यस्ता छन् माओवादी केन्द्रको स्थायी समिति बैठकका २६ निर्णय

 गत शुक्रबार देखि चारदिनसम्म चलेको नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सोमबार सम्पन्न भएको छ । बैठकले पार्टीको संगठनात्मक एकता र वैचारिक स्पष्टता सुनिश्चित गर्न महत्त्वपूर्ण निर्णयहरू गरेको बताइएको छ । विचारको स्वतन्त्रता र बहसलाई सम्मान गर्दै कार्यान्वयनमा एकरूपता आवश्यक रहेको मान्यता सबैले अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालिएको छ। साथै, बैठकले निजी स्वार्थमा आधारित, पार्टी […]

सूर्यप्रसाद श्रेष्ठको ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन’ लोकार्पित

प्रधानमन्त्री निवास, बालुवाटारमा पूर्व प्रमुख निर्वाचन आयुक्त एवं पूर्व राजदुत सूर्यप्रसाद श्रेष्ठको कृति ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन’ को हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले लोकार्पण गरेका छन् । सो कृतिबारे वरिष्ठ अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षक डा. गोपालकृष्ण सिवाकोटी, महिला अधिकार अभियन्ता मोहना अन्सारी र संविधानविद् प्रा.डा. विपिन अधिकारीले आआफ्नो समीक्षामक मन्तव्य राखेका थिए । कार्यक्रममा […]

सिंहदरवारसम्म कोदोको स्वाद, उहिले अभावको भोजन-अहिले सम्भ्रान्तको रोजाइ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले कोदोको महत्व र उत्पादन प्रवर्द्धनमा राज्यको ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । नेपाली खाना प्रवर्द्धन अभियानले राष्ट्रिय कोदो दिवसको अवसरमा आयोजना गरिएको “कोदोको १० परिकारको डेमो प्रदर्शन समारोहमा” मा सहभागी हुँदै मन्त्री खड्काले कोदोजस्ता स्थानीय अन्नबालीको वैज्ञानिक संरक्षण, व्यावसायिक उत्पादन र परिकारमार्फत राष्ट्रिय खाद्य सुरक्षामा योगदान […]

कक्षा १२ मा करिब ४० प्रतिसत परीक्षार्थी असफल

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा २०८२ को नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ नतिजा सार्वजनिक भएको हो । नतिजाअनुसार नियमिततर्फ कुल ३ लाख ९६ हजार ३ सय ४७ परीक्षार्थीमध्ये सबैभन्दा धेरै १ लाख ५३ हजार ८ सय ८२ जना (करिब ३९.५८ प्रतिशत) विद्यार्थी ‘एनजी’ अर्थात् Not Graded श्रेणीमा परेका छन्। […]