कक्षा १२ को नतिजा आउँदै, आज ५ बजे बोर्ड बैठक

भक्तपुर । सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशनको अन्तिम तयारेर गरिरहेको छ । १२ को परीक्षाफल आज साँझ सार्वजनिक गर्नेगरी तयारी गरिरहेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जनाएका छन् 

परीक्षा प्रकाशनका लागि सोमबार साँझ ५ बजेलाई बोर्ड बैठक डाकिएको बताइएको छ ।

परीक्षा तालिका अनुसार १५ साउनभित्रै नतिजा सार्वजनिक गर्नुपर्ने भएपनि भए गत २० चैतदेखि सुरु भएको २९ दिन लामो शिक्षक आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाई भएको बोर्ड स्रोतले जनाएको छ ।

यस वर्षको परीक्षा ११ वैशाखबाट सुरु हुने तय भए पनि आन्दोलनकै कारण २१ वैशाखबाट सुरु गरिएको थियो । सो परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी भएका थिए ।