ललितपुरको कुमारीपाटीमा दुई दिन सडक महोत्सव हुने

ललितपुर । यही चैत २२ र २३ गते ललितपुरको कुमारीपाटीमा दुई दिने सडक महोत्सव हुने भएको छ । कुमारीपाटी जावलाखेल विकास संस्थाले सोमबार यहाँ पत्रकार सम्मेलन गरि दिइएको जानकारी अनुसार ललितपुर कुमारीपाटीको इटीटोलदेखि जावलाखेलसम्म एक किलोमिटर सडकमा शुक्रबार र शनिबार महोत्सव सञ्चालन हुने संस्थाका अध्यक्ष विरेन्द्रलाल श्रेष्ठले बताए । “ललितपुरको ईटी चोकदेखि कुमारीपाटी, तफाल्हो हुँदै […]

ललितपुरका दुई स्थानमा दुई महिनासम्म बिरोध प्रदर्शन गर्न नपाइने

जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाका दुई स्थानमा पाँच जना भन्दा बढी मानिस भेला भई अनशन, धर्ना, जुलुस हड्ताल, सभा र प्रदर्शन लगायत बिरोधका कार्यक्रम गर्न निषेध गरेको छ । आज सोमबारबाट लागू हुने गरी प्रमुख जिल्ला अधिकारी रमेश ढकालले यस्तो आदेश जारी गरेका हुन् । आदेश अनुसार पुल्चोकको युएन हाउस र पुरानो मन्त्री निवास क्षेत्रलाई […]

ललितपुरमा ग्याङ फाइट हुँदा २ युवकको हत्या

ललितपुरमा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट गरी २ जनाको हत्या गरिएको छ । जिल्लाको ललितपुर महानगरपालिका वडा नं. २६ ढोलाहिटीमा दुईजनाको हत्या भएको हो । मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घरभई हाल ढोलाहिटी बस्ने २८ वर्षिय रोवस राई र पाचथर घर भई खुमल्टार बस्ने ३० वर्षका पुजन राई रहेको जिल्ला प्रहरी परिसर ललितपुरका […]

ललितपुर र चेओरवनबीच भगिनीसम्बन्ध कायम गरिने

ललितपुर । ललितपुर महानगरपालिका र दक्षिण कोरियाको चेओरवन सहरबीच भगिनीसम्बन्ध कायम गर्ने तयारी भएको छ । दुवै पक्षले यसबारे गृह कार्य गरेको हो । कोरियाको चेओरवन सहरका मेयर ली ह्युन जोङ नेतृत्वको प्रतिनिधिमण्डललाई ललितपुर महानगरमा स्वागत गर्दै प्रमुख महर्जनले भगिनीसम्बन्ध कायम गर्ने तयारीबारे जानकारी गराएका हुन् । भगिनीसम्बन्ध कायम गर्नका लागि जोङ नेतृत्वको भ्रमण महत्वपूर्ण […]

चालीस वर्षपछि पाटनमा ऐतिहासिक नवदुर्गा नाच नचाइदै

  ललितपुर, १६ असाेज । चालीस वर्ष अगाडि रोकिएको ललितपुरको प्रशिद्ध ऐतिहासिक ठेचोको नवदुर्गा नाच पुनः विजयादशमीका दिन नचाइने भएको छ । बिहिबार ललितपुर महानगरपालिका १६ नं. वडाले पत्रकार सम्म्मेलन गरी सो नाच पुनः संचालन गरिने जानकारी दिएको छ । ललितपुर ठेचोका नवदुर्गा नाच पाटन दरवार क्षेत्रसँग सम्बन्धित विभिन्न नाचमध्ये सबभन्दा पुरानो नाच भएको  बताइन्छ […]

बागमती सफा बनाउन जुट्यो ललितपुर महानगर पनि

काठमाडौँ, १४ भदौ । वाग्मती नदीको ललितपुर क्षेत्रतर्फको सफाइको जिम्मेवारी ललितपुर महानगरपालिकाले लिने भएको छ । वाग्मती सफाइ महाअभियानको ३२९औँ हप्तामा थापाथली पुलमुनिको नदी किनारको ललितपुर क्षेत्रको सफाइका अवसरमा नगरप्रमुख चिरीबाबु महर्जनले महानगरका सबै वडालाई परिचालन गरी स्थानीयवासीको सहभागितासमेत जुटाएर सफाइ अभियान चलाउने प्रतिबद्धता जनाए । नदीमा फोहर गर्नेलाई स्थानीय सरकारले कारवाही गर्ने गरी तयारी […]