ऋषिहरूको तपोभूमि ‘ऋषेश्वर क्षेत्र’ विकास समिति’ अध्यक्षमा लामा

मकवानपुर । थाहा नगरपालिका क्षेत्रभित्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले गठित ऋषेश्वर क्षेत्र विकास समितिको अध्यक्षमा बिनोद लामालाई नियुक्त गरिएको छ। थाहा नगरपालिका क्षेत्रको ऐतिहासिक, धार्मिक सम्पदा एवं सांस्कृतिक क्षेत्र व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८१ को परिच्छेद ३, दफा २ (क) अनुसार नगर प्रमुखले समितिको अध्यक्ष तोक्न सक्ने व्यवस्था रहेको छ। यही प्रावधानअनुसार […]

कान्ति लोकपथमा विद्युतीय माइक्रोबस दुर्घटना, दुईको निधन, चौध घाइते

मकवानपुर । मकवानपुरस्थित कान्ति लोकपथमा विद्युतीय माइक्रोबस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । मकवानपुरगढी-२, धरमपानीस्थित सडक खण्डमा काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०१-००६ ख ७०७२ नम्बरको सो माइक्रोबस गएराति पल्टिदाँ दुई जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा ५० वर्षीया निलम देवी र १३ वर्षीया मानुषी मगर रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको […]

गणतन्त्र मुर्दावाद भन्दै प्रचण्डको तस्वीरमा आगो लगाउने राप्रपाका बम पक्राउ

मकवानपुर । हेटौडामा शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेको छ ।  बमले शनिबार हेटौडामा आयोजित राप्रपाको कार्यक्रममा प्रचण्डको फोटो जलाएका थिए । बमलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो । उनले गणतन्त्र मुर्दावाद भन्ने नारा लगाउदै प्रचण्डको […]

प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको बागमती प्रदेशमा नयाँ नेतृत्व

प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको बागमती प्रदेश समितिमा नयाँ नेतृत्व निर्वाचित भएको छ । प्रदेश राजधानी हेटौंडामा सम्पन्न दाेश्राे सम्मेलनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । नयाँ कार्यसमितिको अध्यक्षमा अमर तामाङ स्याङ्तान निर्वाचित भएका छन् भने उपाध्यक्षमा केदार दुलाल (रुपक) र शिव प्रसाद बसेल निर्वाचित भएका छन् । सचिवमा तिलक खड्का निर्वाचित हुँदा सह सचिवमा मोहन बैँजु […]

हेटौडा–दक्षिणकाली आउँदै गरेको टाटासुमो दुर्घटनामा परी ३ को मृत्यु ८ घाइते

हेटौडा, २० भदौ । मकवानपुरको भीमफेदीमा टाटासुमो दुर्घटनामा परेको छ । सर्लाहीबाट काठमाडौँ आउँदै गरेको टाटासुमो भीमफेदीमा पुगेपछि दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुर्घटनामा परी ३ जनाको मृत्यु भएको ८ जना घाइते भएको जानकारी दिएको छ । शुक्रबार दिउँसो सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना १ ज ३६४० नम्बरको टाटासुमो भीमफेदी गाउँपालिका–६ चियानडाँडामा […]

मकवानपुरमा भीषण वर्षा, गाडी नै खोलाले बगायो

हेटौँडा, ८ साउन । मकवानपुरमा रातिदेखि फेरि भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको जनाइएको छ । असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौँडा आवतजावत बन्द भएको छ । त्यस्तै हेटौँडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको […]