विपी राजमार्गमा शव बरामद

बर्दिवास, १ साउन । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडाका ३६ वर्षीय श्रवण थापा सडकमै मृत फेला परेका छन् । विपी राजमार्ग (बर्दिवास–सिन्धुली–बनेपामार्ग) को बर्दिवास–३ गौरीडाँडाको स्मृतिपार्क नजिकै मङ्गलबार मध्यरातमा थापा मृत फेला परेका हुन् । रात्रि नियमित गस्तीमा निस्केको प्रहरीले शव बरामद गरेको हो । घोप्टो परेको अवस्थामा मृत फेला परेका थापाको टाउको पछाडि चोट […]

ठाउँ ठाउँमा पहिरो गएपछि बल्खु–कुलेखानी–हेटौडा र बनेपा-बर्दिवास जोड्ने सडक ठप्प

काठमाडाैं । अविरल वर्षापछि पहिरो गएका कारण बल्खु कुलेखानी हुँदै हेटाैडा चल्ने यातायात ठप्प भएका छन् । त्यसैगरी काभ्रेकाे बनेपा–बर्दिवास सडक पनि ठप्प भएकाे छ । बाढी र पहिरोका कारण तराइृ जाेड्ने र तराइबाट राजधानी काठमाडौँ प्रवेश गर्ने यी दुई वैकल्पिक मार्ग अवरुद्ध भएपछि ठूलाे संख्यामा यात्रुले दु:ख पाएका छन्। यता सडक विभागले अबरुद्ध भएका […]

पहिरोले विपी र मध्यपहाडी राजमार्ग अवरुद्ध, पूर्व जाने आउने सवारी ठप्प

सिन्धुली, २७ असार । सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । विपी राजमार्ग अन्तर्गत सिन्धुलीकाे गोलन्जोर र सुनकोशी गाउँपालिकामा बाटाे अवरुद्ध भएको छ । गए राति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले […]