जडीबुटी उत्पादनमा लगानी बढ्दै

बलेवा, ८ साउन । तराखोला गाउँपालिका–५ मा रहेको जनएकता बहुउद्देश्यीय सहकारी संस्थाले जडीबुटी खेती विस्तार तथा भण्डारण कार्यक्रम सञ्चालनमा ल्याएको छ । डिभिजन वन कार्यालय बागलुङको रु २० लाख अनुदान र सहकारीको रु छ लाख गरी २६ लाखको लगानीमा जडीबुटी खेती विस्तार तथा भण्डारण शुरु भएको कार्यालयका नायब सुब्बा नारायणराज सापकोटाले जानकारी दिए । सहकारीका […]